आज ६६औँ प्रहरी दिवस, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिने
वि.सं. २०१२ मा प्रहरी संगठन औपचारिक रुपमा गठन भएपनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु
वि.सं.२०७८ असोज २० बुधवार ०८:४२
3.2K
shares
काठमाडौं: आज ६६औँ प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६६ वर्ष पुगेको हो ।
वि.सं. २०१२ मा प्रहरी संगठन औपचारिक रुपमा गठन भएपनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु गरिएको हो ।
प्रहरी दिवस तीन दिनसम्म दिपावली गरेर मनाउने गरिन्छ । मंगलबारदेखि नै दिपावली तथा अन्य कार्यक्रम गरेर सुरु गरिएको छ ।
प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयसहित प्रदेश र जिल्लादेखि इलाका प्रहरी कार्यालयसम्म विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।
दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । यहीँ क्रममा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा जवानलाई सम्मानित गर्ने र कामको समीक्षा गर्ने हुन्छ ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी अधिकृतलाई सम्बोधन गर्ने र समारोहमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरिने छ ।
वि.सं.२०७८ असोज २० बुधवार ०८:४२




















