YouTube Link

रामेछापमा वितरण गरिएको एन्टिजेन किट अबैध

Facebook Link

रामेछाप:  रामेछापमा वितरण गरिएको एन्टिजेन किट अबैध भएको पाइएको छ । एमाले  नेता तथा निर्माण ब्यवसायि रत्न गौतमको सहयोगमा रामेछापका विभिन्न स्थानीय तहमा वितरण गरिएको एन्टिजेन अवैध भएपछि अहिले परिक्षणमा रोक लगाइएको छ ।

 

राहतका नाममा सर्ब साधारणकालागि भनि वितरण गरेको एक हजार थान एन्टेजिन किट राष्टिय जनस्वास्थ प्रयोगशालाबाट प्रमाणित नभएको पाईएपछि उक्त किट प्रयोगमा रोक लगाईएको हो ।

 

नेता गौतमले नेकपा एमाले रामेछापमार्फत गत मंगलबार जिल्ला प्रशासन कार्यालयलाई बुझाएको उक्त किटको बारेमा स्वास्थय कर्मिहरुले गुणस्तरको बारेमा प्रश्न उठाएपछि सम्बन्धित निकायमा बुझ्दा गाउँमा वितरतिर किट सरकारले मान्यता नदिएको पाइएकाले प्रयोगमा रोक लगाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताउनु भयो ।

 

गौतमले एमाले जिल्ला कमिटीका अध्यक्ष आनन्द श्रेष्ठ मार्फत रामेछापका सवै स्थानीय तहकालागि भन्दै एक हजार थान एन्टिीजिन किट संगै माक्स, पीपीई, अक्सीमिटर लगाएतका स्वास्थ्य सामाग्रि जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका अध्यक्ष प्रजिअ गौलोचन सैजुलाई हस्तान्तरण गर्नुभएको थियो ।  हस्तान्तरण गएिका सामाग्रि मध्य १ हजार थान एन्टेजिन किट भने सम्बन्धित पालीकामा पठाइ प्रयोगमा समेत ल्याई सकिएको थियो  ।

 

उक्त किट विश्व स्वास्थ्य संगठन सहित नेपाल सरकारले मान्यता दिएको २० वटा किटको लिष्टमा नभएको समेत पाईएपछि उक्त किटको प्रयोगमा रोक लगाईएको  जिल्ला स्वास्थ कार्यालय रामेछापले जनाएको छ ।

 

जिल्लामा किटको अभाव खड्किएको बेलामा  सहयोग स्वरुप आएको उक्त किट केहि मात्रामा प्रयोगमा समेत ल्याई सकिएको छ  । व्यबसायीको विश्वासमा पर्दा किटगलत परेकाले तत्काल अर्को किट ल्याएर बाड्ने तयारी भएको एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताउनु भयो ।

 

जिल्ला स्वास्थ्य कार्यालयले आबश्यक अनुसन्धान पछि उक्त किट मान्यता प्राप्त नभएको पुष्टि भएकाले हाल त्यसको प्रयोगमा रोक लगाईएको  जिल्ला स्वास्थ कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

 

यस बारेमा जिल्ला स्वास्थ कार्यालयको पनि कमजोरी भएको भन्ने बारेमा जबाफ माग्दा प्रमुख कर्णले प्रजिअले बुझेको सामाग्रिमा समस्या नहोला भनेर आफुहरुले शंका गर्ने अबस्था नरहेको बताउनु भयो ।

 

उक्त किट २०७७ साल कार्तिक महिनामा आपत्कालीन अवस्थामा प्रयोगकालागि अनुमति पाएको भएपनि अहिले उक्त किटको प्रयोग अनुमति नभएकाले त्यसको ख्यालै नगरि किट प्रयोगको लागि गाउँमा पठाईएकोले समस्या आएको पनि कर्णले जानकारी दिनुभयो ।

 

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले किटको बैधताको बारेमा कुरा उठ्ने वित्तिक्कै आफुले उक्त किटको प्रयोगमा रोक लगाई तत्काल अनुसन्धान गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्दैशन दिएको जानकारी दिनुभयो ।

 

यो पनि पढ्नुहोस् :

अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ दिने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...