YouTube Link

नेकपा एमाले ओलीपक्षीयको केन्द्रीय कमिटी बैठक आज बस्दै

Facebook Link

काठमाडौं: पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेको अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।

बैठकमा जिल्लाहरूका इञ्चार्ज र नेताहरूको कार्यविभाजन तोक्ने पनि बैठकको एजेण्डा बनाइएको छ । उप-निर्वाचन तयारीका मामिलामा पनि छलफल गर्ने एजेण्डा तयार भएको छ ।

ओली पक्षले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको सहभागिता बिना नै महाधिवेशन तयारीबारे पनि छलफल गर्ने एजेण्डा बनाएको छ ।

यस्तै, आजको बैठकमा कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेपाल–खनाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय पनि गर्नेछ ।

ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेका थिए ।

उनीहरूका कारण नेकपा माओवादी केन्द्रका नेता एवम्‌ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पद जोगाएका थिए ।

बुढा, शाही र थापालाई शनिबार नेकपा एमाले ओली पक्षीय कर्णाली प्रदेश कमिटी बैठकले पार्टी सदस्यताबाट निष्कासन गरेको निर्णय गरेको थियो ।

लगत्तै, उनीहरूको सांसद पद खारेजीका लागि केन्द्रमा सिफारिस पठाएको थियो ।

उनीहरू तीन जनाले आइतबार मन्त्री पदको सपथ लिइसकेका छन् ।

काँग्रेस सभापति देउवाद्वारा श्रेष्ठको संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक लोकार्पण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...