YouTube Link

सत्ता समीकरणमा सहमति जुटाउन कांग्रेस, माओवादी र जसपाबीच छलफल हुँदै

Facebook Link

काठमाडौं: सत्ता समीकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल हुँदैछ ।

जसपा र माओवादी केन्द्रको बैठकले सत्ता समीकरणका लागि कांग्रेससँग बसेर छलफल गर्ने निर्णय गरेपछि आज छलफल हुन लागेको हो ।

आज छलफल हुने बताइए पनि कति बेला हुने भन्ने टुंगो भने लागि सकेको छैन ।

सत्ता सहकार्यबारे जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने पक्षमा देखिएका छन् भने संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने ओलीसँग सहकार्य गर्न नसकिने पक्षमा देखिएका छन् ।

नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले प्रधानमन्त्री ओलीसँग छलफल गरेको छ ।

यस्तै‚ प्रमुख प्रतिपक्षी दल कांग्रेस र माओवादी केन्द्रसँग पनि छुट्टाछुट्टै छलफल गरिसकेको छ ।

कांग्रेसले पनि नयाँ सरकार गठनमा आफू अगाडि बढ्ने संकेत गरिसकेको छ । उसले नेतृत्व पाए सरकारमा जान सक्ने बताउँदै आएको छ ।

जसपाका नेताहरु पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका छन् ।

जसपाका अध्यक्ष यादवले कम्युनिस्ट र कांग्रेस दुवै दल सरकार चलाउन असफल भइसकेकाले अब सरकारको नेतृत्व आफूहरूलाई दिनुपर्ने धारणा राख्दै आएका छन् ।

यसैगरी माओवादी केन्द्र र एमालेको नेपाल–खनाल पक्षका नेताहरुले पनि आन्तरिक छलफललाई तीव्र बनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्लो निर्णयपछि नयाँ समीकरण बनाएर अघि बढ्नेबारे छलफल भइरहेको बताइएको छ ।

म्यान्मारमा सैन्य ‘कु’ विरूद्धको प्रदर्शनमा सुरक्षाफौजको गोली लागि एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु
नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट कप आजबाट सुरु हुँदै, विजेतालाई १० लाख पुरस्कार

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...