नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
वि.सं.२०७७ फागुन ५ बुधवार ०८:२१
1.2K
shares
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो दुई बजेपछि बस्दैछ ।
आज बस्ने बैठकमा १४औं महाधिवेशनको नयाँ कार्यतालिका, आन्दोलनको समीक्षा तथा थप रणनीतिबारे छलफल हुनेछ ।
कांग्रेस महाधिवेशन यही फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुने तय थियो ।
सो मितिमा महाधिवेशन नहुने निश्चित भएकाले संवैधानिक सुविधा प्रयोग गरि महाधिवेशनको नयाँ मिति तोक्नेबारे बैठकले निर्णय लिनेछ ।
वि.सं.२०७७ फागुन ५ बुधवार ०८:२१




















