आज महिला लिग फुटवलमा आर्मी र पुलिस भिड्दै
वि.सं.२०७७ फागुन ५ बुधवार १२:२४
1.9K
shares
काठमाडौंः राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने आर्मी र पुलिसबीचको खेल अपरान्ह १२ बजे शुरु हुनेछ ।
दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ ।
पुलिसलाई पराजित गरेमा आर्मीको उपाधि होड कायम रहनेछ ।
आर्मी पुलिससँग पराजित भएमा शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ ।
आर्मीको १० खेलमा २५ अंक जोडेको छ । पाँचौं स्थानको पुलिसको १४ अंक रहेको छ ।
उपाधि नजिक रहेको एपीएफको ३० अंक रहेको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ फागुन ५ बुधवार १२:२४




















