Health Ad
YouTube Link

देशभरको तापक्रम बढ्ने क्रम जारी, गर्मी बढेसँगै झाडापखाला तथा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो

Khanepani Dhal
Facebook Link

काठमाडौं: केही दिनयता बढेको अत्यधिक गर्मीसँगै तातो हावाले दाङ, नेपालगञ्ज, विरगञ्ज, भैरहवा, जनकपुर सहित देशका विभिन्न स्थानको जनजिवन प्रभावित हुन थालेको छ । झण्डै १ महिना अघि बारा र पर्सामा आएको विनाशकारी हावाहुरी पिडितले पनि थप गर्मीको समस्या भोगिरहेका छन् ।

अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वीरगञ्जको तापक्रम ३७ देखि ४१ अर्थात् यस सिजनकै सबैभन्दा बढी डिग्री सेल्सियस मापन गरिएको छ । गर्मीका कारण पछिल्लो सातामा झाडापखाला,आउँ तथा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । अस्पतालमा बिरामीको घुँइचो बढ्न थालेको छ ।

एकमहिना अघि आएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा,पर्साका नागरिक थप समस्यामा परेका छन । राहत स्वरुप पाएका टेन्टमा प्रचण्ड घाम र गर्मीका कारण उनीहरुको दैनिकी सकसपुर्ण बनेको छ । गर्मीकै कारण संक्रमण बढेपछि अस्पतालमा बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तातो हावा मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुने चिकित्सकले बताएका छन् । सुक्खा र तातो हावाका कारण बालबालिका बढी प्रभावित हुने भएकाले सजगता अपनाउन चिकित्सकको सुझाव छ ।

मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रीय हावापानी फिल्ड कार्यालय दाङले दाङ, नेपालगञ्ज, विरगञ्ज, भैरहवा.लगायत क्षेत्रमा तापक्रम अझै बढ्ने अनुमान गरेको छ । गत वर्षको तुलनामा यस वर्ष गर्मी अत्यधिक रेकर्ड गरिएको फिल्ड कार्यालयले जनाएको छ । अत्यधिक गर्मीले सरकारी कार्यालयमा सेवाग्राहीको संख्या कम देखिन थालेको छ भने स्थानीयको दैनिकी कष्टकर बन्दै गएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

वि.सं.२०८१ चैत ७ बिहीवार १०:००

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ...