भारतले आजदेखि नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउने
वि.सं.२०७७ माघ ७ बुधवार ०८:०४
1.8K
shares
काठमाडौं: भारतले आजदेखि नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउने बताएको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्समा खोप आपूर्ति शुरु हुने उल्लेख छ ।
मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने बताए पनि परिमाण भने खुलाएको छैन ।
तर, कतिपय भारतीय मिडियाले चाहिँ छिमेकी मुलुकलाई १ करोड डोज उपलब्ध गराउन लागेको उल्लेख गरेका छन् ।
नेपाल सरकारले भने कति परिमाणमा खोप आइपुग्छ भनेर केही बताएको छैन । अघिल्लो साता नेपालको औषधी व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
वि.सं.२०७७ माघ ७ बुधवार ०८:०४




















