अपरान्हपछि दिन राम्रो रहनेछ, भाग्यले साथ दिएको महसुस हुनेछ, रोग व्याधिबाट छुटकारा, उत्तम भोजन, वस्त्र र शयन सुख प्राप्त हुने, धन तथा उपहार प्राप्ति, आर्थिक लाभ, आदर सत्कारको साथै मित्र तथा स्त्रि वर्गहरुको सहयोग पाइने, दिन भोगविलास र रमाइलोमा बित्न सक्नेछ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अपरान्हपछि खर्चमा बृद्धि, शारिरिक कष्ट, मानसिक अशान्ति, धन तथा मानसम्मानको हानी, निरर्थक धपेडी वा थकान हुने, सन्तानको तर्फबाट सुख नपाइने, आँखा सम्बन्धि समस्या आउन सक्ने, घमन्डले अप्ठयारो पर्नसक्छ, आर्थिक नोक्सानी हुने योग भएकोले लगानीलाइ आज दिन राम्रो छैन ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभ समाचार आउनसक्छ, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा महत्वाकांक्षा पूरा हुने, आय आम्दानीमा वृद्धि हुने, सन्तान सुख, समयानुकुल उत्तम भोजन तथा साथीभाइसँग रमाइलो जम्ने योग छ, महिला वर्गबाट लाभ अथवा स्त्री सुख वा रमाइलोमा समय बित्न सक्नेछ । व्यापारमा पर्याप्त लाभको साथै लगानीको लागि दिन राम्रो छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन शुभ रहनेछ । ईच्छित फल पाउने बलियो सम्भावना छ । शारिरीक निरोगीता, उत्तम भोग विलास, भौतिक संशाधन तथा गृह सुख मिल्ने, कार्य व्यवसायमा पदोन्नति, परिवर्तन अथवा नेतृत्व प्राप्त हुने, आफुले मान्नुपर्नेहरुबाट आदर, सम्मान र विश्वास प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो, व्यवसायीवर्गलाइ दिन राम्रो । यात्रा गर्दा भने सचेत रहनुपर्नेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अपरान्हपछि परिस्थितले विवश बनाउने अवस्था आउनसक्छ, गरे अनुसार जस नपाइने, सन्तानको स्वास्थ्यहानी अथवा सन्तानसँग मतभेद हुनसक्ने, आफनो स्वास्थ्यको पनि विशेष ख्याल राख्नुपर्नेछ, राज्यको तर्फबाट अथवा सरकारी कर्मचारीहरुबाट समस्या निम्तिन सक्छ, भय र अपमानको वातावरण बन्नसक्छ, व्यवसायमा हानीको सम्भावना छ । शत्रुहरुबाट सावधान रहनुहोला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
१ बजेपछि दिन अनुकुल नहुनसक्छ, स्वास्थ्यको विशेषख्याल राख्नुपर्नेछ, भोजनमा ध्यान दिने र खानपानको कारणले स्वास्थ्यमा गडबडी आउनसक्छ, अचानक हुने अनिष्ट घटनाले आज मन अशान्त हुनसक्छ, कुनैपनि प्रकारको कलह र विवादबाट आज बच्नुहोला, निरर्थक भयले ग्रसित हुने, दुखकष्ट पाइने र धनको गलत ठाउँमा खर्च हुने योग छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन रमाइलो रहनेछ, धनलाभ, शैय्यासुख, उत्तमस्वास्थय, दाम्पत्यसुख मिठो रहनेछ, लाभकारक एवम सुखदायी बसाइ हुनेदिन छ, घरबाहिर बस्नुपर्ने अवस्था पनि आउनसक्ने अथवा छोटोखालको भ्रमण हुने योग देखिएको छ, व्यापारव्यवसायमा अपरान्हसम्म लाभको समय चलेको छ, अपरान्हपछि विवादबाट भने टाढै रहनुहोला ।
दिन राम्रो रहनेछ । शत्रुहरुबाट मुक्ति पाइने, समस्याहरुबाट छुटकारा मिल्ने, दीर्घ रोगहरुबाट आरोग्यता प्राप्ति, शत्रुहरुमाथि विजय प्राप्ति, आर्थिक लाभ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति । यश र आनन्द प्राप्ति, व्यापार व्यवसायलाई दिन सफल रहनेछ । खर्चमाथि नियन्त्रण गर्नुपर्नेछ, गलत व्यक्तिहरुबाट भने टाढारहनुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन अशान्त रहनसक्छ, गरेको कार्य सफल पार्न निकै प्रयास गर्नुपर्नेछ, सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला, शत्रु जनित कष्ट, धनको नोक्सानी वा अनावश्यक खर्चहुने, निर्णयहरु गलत हुनसक्ने, स्वास्थ्यमा गिरावट आउने, पेट वा सोभन्दा मुनि कुनै पुरानो रोग छ भने बल्झिनसक्छ, कार्यस्थलमा सतर्क रहनुहोला, मनमा गलत विचारहरुलाइ ठाउँ नदिनुहोला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अपरान्हपछि दिन अनुकुल नहुनसक्छ, आफन्त तथा नजीकका मान्छेहरुसँग मनमुटाव हुनसक्ने, आत्मविश्वासमा कमी आउने, चित्त चंचलरहने, कसैलाई विश्वास गर्न मन नलाग्ने, निरर्थक चिन्ता र बेचैनीले ग्रस्त हुने, शारिरिक कमजोरी महसुस हुने, छाती सम्बन्धि वा चिसोजन्य समस्या उत्पन्न हुनसक्ने, स्त्रि सुखमा कमी, निद्रा तथा खानपानमा गडबडी हुने सम्भावना छ ।
अपरान्हपछि भाग्यको सहयोग पाइनेछ, धन आगमन हुने, मिठो खानपान तथा रमझम्मा समय बित्नसक्ने, लुगाकपडा वा अन्य भौतिक वस्तुको प्राप्ति वा खरिद, मन प्रसन्नरहने, स्वास्थ्य ठीक रहनेछ, भाइबन्धुहरुबाट लाभ र सहयोग पाइने, शत्रुबाधाहरु हटने, गरेकोकार्यहरुबाट मान, प्रशंसा कदर पाइने, प्रेमिहरुलाई चिताए अनुसार हुने, कार्यमा भने केही अवरोध आउने अथवा विलम्ब हुनसक्नेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मानसिक चिन्तापर्ने खालको समयछ, संचित धनखर्च हुने, बन्धुजनसँग मनमुटाव हुने, खानपान तथा पारिवारिक सुखमा कमि आउने, आँखा, दाँत वा अनुहार सम्बन्धित समस्या हुनसक्ने, बोल्दा खेरी सोचेर बोल्नुहोला, गरेका कामहरुमा बाधा आउने, पापकर्मतिर मन जान सक्ने, पढाइलेखाइमा मन नजाने, व्यापारव्यवसायमा समस्या आउने भएकोले सचेतरहनुहोला ।