YouTube Link

देशभरको मौसम आज पनि बदली रहने, हिमाली जिल्लाहरुमा हिमपात, काठमाडौं उपत्यकामा हुस्सु

Facebook Link

काठमाडौं: देशभरको मौसम आज पनि बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रम आज पनि जारी रहेको महाशाखाले जनाएको छ । हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा आइतबारदेखि नै हिमपात भएको छ ।

हिमपात भएसँगै चिसो बढेको छ । हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ ।

पश्चिमी वायुकै प्रभावले काठमाडौं उपत्यकामा आज पनि बाक्लो हुस्सु लागिरहेको छ । काठमाडौं उपत्यकामा सोमबार पनि हुस्सु लागेको थियो भने बिहान सामान्य वर्षा भएको थियो ।

बुधबारसम्म काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना कम भएको महाशाखाले जनाएको छ । आज दिनभर नै देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनेछ ।

त्यस्तै बागमती प्रदेश र प्रदेश १ को एकदुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातपछि चसो बढेपछि महाशाखाले चौविस घण्टे परामर्श जारी गर्दै सचेत रहन आग्रह पनि गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...