YouTube Link

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति र चीनियाँ टोलीबीच भेटवार्ता, प्रधानमन्त्रीसँग सोमबार भेट

Facebook Link

काठमाडौं: चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा पुगेर नेपालमा रहेको प्रतिनिधि मण्डलले भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म भेट गरेको शीतल निवास स्रोतले जनाएको छ ।

भेटमा भएको छलफलबारे भने राष्ट्रपतिको कार्यालयले खुलाएको छैन ।

राष्ट्रपतिसँग एक घण्टा कुराकानी भएको शीतल निवासले जनाएको छ ।

यसैबीच प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेट्ने भएको छ ।

आइतबार भेट्ने भनिए पनि समय नमिलेका कारण सोमबार मात्रै भेट हुने तय भएको जनाईएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझोउको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजे काठमाडौं आएको थियो ।

नेकपाभित्र विवाद चर्केको र संसद विघटन भएको अवस्थामा चिनियाँ पक्षको उच्चस्तरीय भ्रमण भएको हो ।

चीनियाँ टोलीले सरकार पक्षको भेटपछि मात्र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालसँग भेट गर्ने बुझिएको छ ।

यसअघि चिनियाँ राजदूत हाउ यान्छी सक्रिय भएकी थिइन् ।

उनले राष्ट्रपति भण्डारी, पुष्पकमल दाहाल र माधव नेपालसँग भेट गरेकी थिइन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...