YouTube Link

क्रोसिएन मिडफिल्डर लुका मोडरिच एक वर्ष रियल मड्रिडमै बस्ने

Facebook Link

काठमाडौं : क्रोसिएन मिडफिल्डर लुका मोडरिच थप एक वर्ष रियल मड्रिडमै बस्ने भएका छन् । स्पानिस जायन्ट रियलमा बस्नका लागि मोडरिच सहमतिमा पुगेको स्पानिस अनलाइन मार्काले जनाएको छ । मोडरिचको वर्तमान सम्झौता २०२१ जुनमा सकिँदैछ ।

 

क्रोसिएन अन्तर्राष्ट्रिय खेलाडी मोडरिचले अब आफ्नो सम्झौतामा एक वर्ष नवीकरण गर्नेछन् । जसको अर्थ उनी २०२२ जुन ३० सम्म सान्टियागो वर्नाबेउमा रहनेछन् ।

 

अर्को सिजनको अन्त्यमा उनको नविकरण सम्झौता समाप्त हुँदा मिडफिल्डर मोडरिचले रियल मड्रिडमा एक दशक पूरा गर्नेछन् । उनी सन् २०१२ मा टोटनहमबाट रियलमा पुगेका थिए ।

 

स्पेनको राजधानीमा साढे ८ वर्ष बिताउँदा ३५ वर्षीय मोडरिचले चार पटक युरोपियन च्यम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै दुई स्पानिस ला लिगा लगायत अरु उपाधि पनि जितेका छन् । यस्तै उनले व्यक्तिगत बालोन डे ओर अवार्ड समेत जिते ।

 

पछिल्ला महिनामा देखाएको प्रदर्शन सहित नेतृत्वदायी क्षमता र अनुभवले गर्दा उनी टिममा रहिरहेका छन् । जसले गर्दा उनले क्लबमै रहिरहन रियललाई मनाउन सफल भए ।

 

पछिल्लो केही महिनामा मोडरिचलाई कतार र एमएलएसबाट प्रस्ताव समेत आएको थियो । तर मोडरिचको चाहना भने सधैं रियलमै बस्ने रहेको छ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%bf%e0%a4%93%e0%a4%b2%e0%a4%be-%e0%a4%b0-%e0%a4%b2%e0%a5%81%e0%a4%87/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...