प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार हुँदै
वि.सं.२०७७ पुस १० शुक्रवार १२:०६
1.5K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना रहेको बताएको छ ।
पुस ५ गते संसद् विघटन गर्ने सिफारिस गरेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपाल समूहका सातजना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।
राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँचजना र माधव नेपाल समूहका दुईजना थिए ।
त्यही स्थानमा नयाँ मन्त्री पूर्ति गर्न लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएपछि आकाङ्क्षीहरू बढेका छन् । मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा रहेको स्रोतले जानकारी दिएको छ ।
प्रचण्ड-माधव समूहको आजदेखि सडक आन्दोलन शुरु
वि.सं.२०७७ पुस १० शुक्रवार १२:०६




















