नेपाली काँग्रेसले पुस १३ गते देशभर विरोध प्रदर्शन गर्ने
वि.सं.२०७७ पुस ९ बिहीवार १५:५५
1.3K
shares
काठमाडौं: नेपाली काँग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेको हो ।
आज बिहान बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यको भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नु पर्ने निष्कर्ष निकालेका थिए । त्यही अनुसार आजको बैठकले आन्दोलनमा जाने निर्णय लिइएको बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विरोध प्रदर्शन घोषणा गरिएको छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको जोडबलमा सभापति शेरबहादुर देउवा आन्दोलनमा जान तयार भएको श्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
नेकपाका दुवै समूहको केन्द्रीय समितिको बैठक आज पनि बस्दै
वि.सं.२०७७ पुस ९ बिहीवार १५:५५



















