YouTube Link

कम्यूनिष्ट पार्टी स्थापनाको ७० वर्ष पुरा, नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएसँगै एकताको घोषणा

Facebook Link

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएसँगै आज एकता घोषणा कार्यक्रम हुँदैछ । काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रम मध्यन्ह १२ बजेका लागि तय गरिएको छ ।

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो । हिजो बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार हालसमम्म ७७ वटै जिल्लाको नेतृत्वको टुंगो लागेको छ । सचिवालय बैठकले जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको भए पनि जनवर्गीय संगठनको नेतृत्व र पोलिटब्युरो सदस्यको नामवली भने टुंगिन बाँकी रहेको जानकारी दिए ।

जिल्लाको नेतृत्व चयन गर्दा बैठकले यसअघि तत्कालिन नेकपा (एमाले)का जिल्ला अध्यक्ष हालको अध्यक्ष वा सचिवको जिम्मेवारीमा रहनेगरी पद विभाजन गरिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताका विषयमा सहमति गरेपनि वरिष्ठ नेता माधवकुमार नेपाल भने सन्तुष्ट थिएनन् । आफूलाई एक्ल्याउन खोजिएको भन्दै नेता नेपालले असन्तुष्टि राखेपछि गएको ४ दिनदेखि तीनै जना नेताहरु बीच छलफल चलेको थियो । अन्ततः नेपालकै मतमा पार्टीका दुबै अध्यक्ष उभिएपछि जिल्लातर्फको एकता प्रकृयाले पनि मुर्तरुप पाएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...