YouTube Link

कम्यूनिष्ट पार्टी स्थापनाको ७० वर्ष पुरा, नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएसँगै एकताको घोषणा

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएसँगै आज एकता घोषणा कार्यक्रम हुँदैछ । काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रम मध्यन्ह १२ बजेका लागि तय गरिएको छ ।

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो । हिजो बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार हालसमम्म ७७ वटै जिल्लाको नेतृत्वको टुंगो लागेको छ । सचिवालय बैठकले जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको भए पनि जनवर्गीय संगठनको नेतृत्व र पोलिटब्युरो सदस्यको नामवली भने टुंगिन बाँकी रहेको जानकारी दिए ।

जिल्लाको नेतृत्व चयन गर्दा बैठकले यसअघि तत्कालिन नेकपा (एमाले)का जिल्ला अध्यक्ष हालको अध्यक्ष वा सचिवको जिम्मेवारीमा रहनेगरी पद विभाजन गरिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताका विषयमा सहमति गरेपनि वरिष्ठ नेता माधवकुमार नेपाल भने सन्तुष्ट थिएनन् । आफूलाई एक्ल्याउन खोजिएको भन्दै नेता नेपालले असन्तुष्टि राखेपछि गएको ४ दिनदेखि तीनै जना नेताहरु बीच छलफल चलेको थियो । अन्ततः नेपालकै मतमा पार्टीका दुबै अध्यक्ष उभिएपछि जिल्लातर्फको एकता प्रकृयाले पनि मुर्तरुप पाएको हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:२८

काठमाडौं: राजधानी भित्रिने मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४...

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:११

काठमाडौं: संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक...

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

वि.सं.२०८२ जेठ ४ आइतवार १२:३७

नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको प्रार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा...

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

वि.सं.२०८२ जेठ ३ शनिवार ११:२८

काठमाडौं: नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति, कुशल नेतृत्वकर्ता, नेपाली कांग्रेस...

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वि.सं.२०८२ जेठ १ बिहीवार १३:०१

काठमाडौं: पूर्वमन्त्री एवं नेपाली कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध...