सुडानलाई तीन अर्ब डलर आर्थिक सहयोग गर्ने साउदी अरब र युएईको घोषणा
![Akhabar Nepal Akhabar Nepal](https://www.akhabarnepal.com/wp-content/themes/akhabarnepal_new_theme/images/akhabar-nepal-logo-reverse.png)
वि.सं.२०७६ वैशाख ९ सोमवार ०९:१२
1.1K
shares![image image](https://www.akhabarnepal.com/wp-content/uploads/2019/04/sudan.jpg)
एजेन्सी: साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) ले सुडानमा आएको नयाँ राजनीतिक परिवर्तनपछि अर्थिक सुधारका लागि नयाँ नेतृत्वलाई तीन अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेका छन् ।
लामो समयसम्म सुडानको नेतृत्वमा रहेका नेता ओमार अल-बसिरलाई जनतालाई सुशासनको प्रत्याभुत गराउन नसकेको, भ्रष्टाचार तथा महङ्गी नियन्त्रण गर्न नसकेको भन्दै लामो समय राजनीतिक आन्दोलन चलेपछि सेनाले पदच्युत गरेको थियो ।
तेलका लागि धनी मानिने दुई खाडी मुलकहरू साउदी अरब र युएईले सहयोग स्वरूप ५० करोड अमेरिकी डलर बराबरको रकम सुडानको केन्द्रीय बैंकमा जम्मा गरिदिने तथा २ अर्ब ५० करोड अमेरिकी डलर खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायतका आवश्यक सामग्रीको सहज आपूर्ति गर्ने गरी नयाँ सरकारलाई दिने साउदी अरबले जनाएको छ । उक्त सहयोग ऋणस्वरूप प्रदान गरिएको हो वा यो अनुदान स्वरूप दिइएको हो भन्नेबारे खुलाइएको छैन ।
![Akhabar Nepal Akhabar Nepal](https://www.akhabarnepal.com/wp-content/themes/akhabarnepal_new_theme/images/akhabar-nepal-logo-reverse.png)
वि.सं.२०७६ वैशाख ९ सोमवार ०९:१२