YouTube Link

सुडानलाई तीन अर्ब डलर आर्थिक सहयोग गर्ने साउदी अरब र युएईको घोषणा

Facebook Link

एजेन्सी: साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) ले सुडानमा आएको नयाँ राजनीतिक परिवर्तनपछि अर्थिक सुधारका लागि नयाँ नेतृत्वलाई तीन अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेका छन् ।

लामो समयसम्म सुडानको नेतृत्वमा रहेका नेता ओमार अल-बसिरलाई जनतालाई सुशासनको प्रत्याभुत गराउन नसकेको, भ्रष्टाचार तथा महङ्गी नियन्त्रण गर्न नसकेको भन्दै लामो समय राजनीतिक आन्दोलन चलेपछि सेनाले पदच्युत गरेको थियो ।

तेलका लागि धनी मानिने दुई खाडी मुलकहरू साउदी अरब र युएईले सहयोग स्वरूप ५० करोड अमेरिकी डलर बराबरको रकम सुडानको केन्द्रीय बैंकमा जम्मा गरिदिने तथा २ अर्ब ५० करोड अमेरिकी डलर खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायतका आवश्यक सामग्रीको सहज आपूर्ति गर्ने गरी नयाँ सरकारलाई दिने साउदी अरबले जनाएको छ । उक्त सहयोग ऋणस्वरूप प्रदान गरिएको हो वा यो अनुदान स्वरूप दिइएको हो भन्नेबारे खुलाइएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...