बल प्रयोग गरेर भएपनि देशभरका अस्पताल सञ्चलान गरिन्छ: मन्त्री पण्डित
वि.सं.२०७५ चैत २८ बिहीवार १२:३१
858
sharesकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बल प्रयोग गरेर भएपनि देशभरका अस्पताल सञ्चलान गर्ने बताएका छन् ।
प्रेस क्लव धनगढीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले सरकारले कसैको पनि दया माया नभनेर कडा रुपमा प्रस्तुत हुने बताभएका हुन् । कानुन अनुसार सरकारी डाक्टरलाई करवाही गर्न सुरु गरिसकेको मन्त्री पण्डितले बताए ।
सहमति विपरित सरकारलाई घुडा टेकाउन्छु भनेर संविधान विपरित डाक्टरले व्यवहार देखाएको र वार्ताको कुनै औचित्य नरहेको मन्त्री पण्डितले बताए । पेशागत मर्यादा भन्दा वाहिर गएर डाक्टरहरुको माग संघमामा राखेर पुरा नहुने बताए ।
वि.सं.२०७५ चैत २८ बिहीवार १२:३१