YouTube Link

छुट्टै मेडिकल कलेज सञ्चालन गर्न आवश्यक विधेयक प्रदेशसभामा पेश

World Cup 2026
Facebook Link

काठमाडौं: तीन नम्बर प्रदेश सरकारले आफ्नो छुट्टै मेडिकल कलेज सञ्चालन गर्न आवश्यक विधेयक प्रदेशसभामा पेश गरेको छ । सामाजिक विकास मन्त्री युवराज दुलालले मंगलबार पेश गरेको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकमा प्रतिष्ठानले स्वास्थ्य सम्बन्धि बिभिन्न तहको पढाई गराउन सक्ने उल्लेख छ ।

विधेयक पारित भएपछि नेपाल सरकारले तीन सय बेडको क्षेत्रीय अस्पताल बनाउन निर्णय गरेको हेटौंडा अस्पताल अब मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत हुनेछ । प्रदेश सरकार मातहत आएको उक्त अस्पताललाई प्रतिष्ठानमा परिणत गर्न तीन नम्बर प्रदेश सरकारले विधेयक प्रदेशस सभामा पेश गरेको हो ।

विधेयक पारित भएसँगै हेटौंडा अस्पताल अन्तर्गत गठन भएको समितिको खारेजी तथा हेटौंडा अस्पतालको चल अचल सम्पत्ति, लेनदेन, ऋण धन लगायत सबै कारोबार र कर्मचारी प्रतिष्ठानमा सर्ने उल्लेख छ । प्रतिष्ठानले स्वास्थ्य सम्बन्धि बिभिन्न तहको अध्यापन गराउनेछ । प्रतिष्ठानको कुलपति मुख्यमन्त्री, सहकुलपति सामाजिक विकास मन्त्री र पुरा समय काम गर्ने गरी उपकुलपति नियुक्त गर्न सक्ने उल्लेख छ ।

न्युन लागतमा गुणस्तरीय स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र गुणस्तरीय तथा सर्भसुलव स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठान स्थापनको लागि विधेयक ल्याइएको सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...