YouTube Link

भारतमा हुन लागेको लोकसभा चुनावका लागि पश्चिमी नाका ४५ घण्टाका लागि बन्द हुने

Facebook Link

कञ्चनपुर: कञ्चनपुरको सिमा नाका गड्डाचौकीमा गएरातीदेखि बन्द भएको छ । भोलीदेखि भारतमा हुन लागेको लोकसभा चुनावका लागि भारतसँग सिमानाका जोडिएका अन्य नाकाहरु पश्चिमी नाका गड्डाचौकी पनि लगभग ४५ घण्टाका लागि बन्द हुने भएको हो ।

भारतको उत्तराखण्डसँग सिमा जोडिएको गड्डाचौकी नाकामा मंगलबार राती १२ बजे बाट विहिबार राती ९ बजेसम्म सवारीसाधन तथा यात्रुहरुको आवतजावतमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । सिमा नाकामा विरामी बोकेको निजि तथा सार्वजनीक सवारीसाधन वाहेक अन्य सवारीसाधन तथा यात्रुको आवतजावतमा रोक लगाईने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताए ।

पोखरामा हुने नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा
पोखरा: नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । पोखरामा हिजो पत्रकार सम्मेलन गरी चैत्र २८ र २९ हुने सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलनको उद्घाटनसत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ ।

उद्घाटन सत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल सहित शीर्ष नेताहरुले सम्वोधन गर्ने जनाइएको छ । पार्टीलाई चलायमान र सुदृढिकरण बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए । सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने पुडासैनीको भनाई छ ।

सम्मेलनले विदेश पलायन युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ । त्यस्तै, सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने र कास्की क्षेत्र नं २ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाव दिने तयारी छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...