YouTube Link

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

Facebook Link

तनहुँ:  नागरिकता किर्ते मुद्दामा फरार प्रतिवादी भानु नगरपालिका-५ नाब्रुङ बस्ने ४६ वर्षीय प्रकाश मल्ललाई २२ वर्षपछि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत तनहुँको २०५५ बैशाख २० गतेको फैसलाले नागरिकता किर्ते मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई स्थानीय प्रहरीले उनकै घरमा फेला परी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत तनहुँमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय तनहुँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी तनहुँ शुक्लागण्डकी नगरपालिका- १० बस्ने १९ वर्षीय सुक्मित रानालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

२०७६ फागुन २६ गते दिउँसो शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा सोही नगरपालिका-२ बस्ने सुमित श्रेष्ठ सवार स्कुटरको पिछा गरी बाटो छेकी ज्यान मार्ने उद्देश्यले राना समेतका व्यक्तिले धारिलो हतियार खुडा, खुकुरी र फलामको रड प्रहार गरी सख्त घाइते बनाएको घटनामा फरार रहेका रानालाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनकै घरमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत तनहुँमा उपस्थित गराइएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्यलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...