YouTube Link

पत्रकारदेखि स्वास्थ्यकर्मीसम्मको नक्कली परिचयपत्र !

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणकालिन अवस्थामा छौं अहिले हामी । हाल उपत्यकाका तीन वटा जिल्ला लगायत अन्य केही जिल्लाहरुमा पनि निषेधाज्ञा जारी छ ।

उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाको बेला पत्रकार, स्वास्थ्यकर्मी, बैकर्स लगायत अत्यावश्यक सेवा कार्यमा संलग्न आम नागरिकलाई सरकारले हिँड्डुलमा कतै रोक लगाएको छैन । पत्रकार तथा स्वास्थ्यकर्मीहरुले कार्यालयकै परिचयपत्र बोकेर सजिलै हिँड्डुल गर्न पाउने सरकारले निर्णय नै गरेको छ ।

कोरोना महामारीकाबीच कतिपय मिडिया हाउसका पत्रकारहरु यतिबेला रोजगारी गुमाएर बेरोजगार भई घरमा थन्किएर बस्न बाध्य भएका बेला पछिल्लो समय उपत्यकामा प्रेस लेखिएको गाडी तथा मोटरसाईकलहरु जताततै गुडिरहेको देख्न सकिन्छ ।

के सडकमा प्रेस लेखेको ज्याकेट र परिचय पत्र बोक्ने सबै पत्रकार नै हुन् त ? तरपनि सडकमा प्रेस लेखेको गाडी दिनप्रतिदिन गुडि नै रहेको देखिन्छ । यसरी उपत्यकामा प्रेस लेखिएका गाडी तथा मोटरसाईकलहरु गुडिरहेका बेला केही दिन अगाडि मात्र नेपाल पत्रकार महासंघले समेत चासो दिएर विज्ञप्ती जारी गरेको थियो ।

पछिल्लो समय प्रेस कार्डको दुरुपयोग बढेको खबर प्राप्त भएपछि सम्बन्धित जिल्लाको शाखालाई समेत अनुगमन गर्न निर्देशन दिएको पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।

यसैबीच सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस परिचय पत्र र प्रेसको नाममा धन्दा चलाईरहेका केहि प्रिन्टिङ प्रेसको परिचय बनाउँदै बिक्री गर्ने तीन जनालाई राजधानीको मुटु मानिने बागबजारबाट पक्राउ गरेको छ ।

प्रहरीले छापा मार्ने क्रममा बागबजरबाट कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक सहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुले एउटा कार्ड बनाए बराबर ५०० रुपैयाँ लिने गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुले होम डेलिभरीसम्मको सेवा दिने गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रेस र स्वास्थ्कर्मीको नक्कली कार्ड बनाएर बेच्ने गरेको सूचनाका आधारमा प्रहरी छापा मार्न बागबजार पुगेको थियो ।

निषेधाज्ञको समयमा प्रेस लेखेको सवारी साधनलाई सुरक्षाकर्मीले नरोक्ने भएका कारण प्रेस कार्डको दुरुपयोग बढ्दै गएको छ । यसरी पत्रकारकै कार्ड देखाएर खुलेआम अवैध धन्दा समेत हुने भएकोले त्यसको नियन्त्रणका लागि सम्बन्धित निकायले समयमै ध्यान दिएर कारबाहीको दायरामा ल्याउन जरुरी देखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...