YouTube Link

पत्रकारदेखि स्वास्थ्यकर्मीसम्मको नक्कली परिचयपत्र !

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणकालिन अवस्थामा छौं अहिले हामी । हाल उपत्यकाका तीन वटा जिल्ला लगायत अन्य केही जिल्लाहरुमा पनि निषेधाज्ञा जारी छ ।

उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाको बेला पत्रकार, स्वास्थ्यकर्मी, बैकर्स लगायत अत्यावश्यक सेवा कार्यमा संलग्न आम नागरिकलाई सरकारले हिँड्डुलमा कतै रोक लगाएको छैन । पत्रकार तथा स्वास्थ्यकर्मीहरुले कार्यालयकै परिचयपत्र बोकेर सजिलै हिँड्डुल गर्न पाउने सरकारले निर्णय नै गरेको छ ।

कोरोना महामारीकाबीच कतिपय मिडिया हाउसका पत्रकारहरु यतिबेला रोजगारी गुमाएर बेरोजगार भई घरमा थन्किएर बस्न बाध्य भएका बेला पछिल्लो समय उपत्यकामा प्रेस लेखिएको गाडी तथा मोटरसाईकलहरु जताततै गुडिरहेको देख्न सकिन्छ ।

के सडकमा प्रेस लेखेको ज्याकेट र परिचय पत्र बोक्ने सबै पत्रकार नै हुन् त ? तरपनि सडकमा प्रेस लेखेको गाडी दिनप्रतिदिन गुडि नै रहेको देखिन्छ । यसरी उपत्यकामा प्रेस लेखिएका गाडी तथा मोटरसाईकलहरु गुडिरहेका बेला केही दिन अगाडि मात्र नेपाल पत्रकार महासंघले समेत चासो दिएर विज्ञप्ती जारी गरेको थियो ।

पछिल्लो समय प्रेस कार्डको दुरुपयोग बढेको खबर प्राप्त भएपछि सम्बन्धित जिल्लाको शाखालाई समेत अनुगमन गर्न निर्देशन दिएको पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।

यसैबीच सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस परिचय पत्र र प्रेसको नाममा धन्दा चलाईरहेका केहि प्रिन्टिङ प्रेसको परिचय बनाउँदै बिक्री गर्ने तीन जनालाई राजधानीको मुटु मानिने बागबजारबाट पक्राउ गरेको छ ।

प्रहरीले छापा मार्ने क्रममा बागबजरबाट कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक सहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुले एउटा कार्ड बनाए बराबर ५०० रुपैयाँ लिने गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुले होम डेलिभरीसम्मको सेवा दिने गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रेस र स्वास्थ्कर्मीको नक्कली कार्ड बनाएर बेच्ने गरेको सूचनाका आधारमा प्रहरी छापा मार्न बागबजार पुगेको थियो ।

निषेधाज्ञको समयमा प्रेस लेखेको सवारी साधनलाई सुरक्षाकर्मीले नरोक्ने भएका कारण प्रेस कार्डको दुरुपयोग बढ्दै गएको छ । यसरी पत्रकारकै कार्ड देखाएर खुलेआम अवैध धन्दा समेत हुने भएकोले त्यसको नियन्त्रणका लागि सम्बन्धित निकायले समयमै ध्यान दिएर कारबाहीको दायरामा ल्याउन जरुरी देखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...