निजि आवासको काम ८६ प्रतिशस सम्पन्न: रामेछाप
वि.सं.२०७७ साउन ५ सोमवार १८:५१
1.4K
shares
रामेछाप: रामेछाप जिल्लामा निजि आवासको काम ८६ प्रतिशत सम्पन्न भएको छ ।
निजि आवास निर्माणका लागि अनुदान संझौता गरेका मध्ये अहिले सम्म रामेछाप जिल्लामा ४१ हजार १ सय ७० जनाले अनुदान रकम बुझेर घरहरुको निर्माण कार्य सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यबस्थापन तथा स्थानीय पूर्वाधार ) जिमाली रामेछापका प्रमुख गणेश अर्यालले बताउनु भयो ।
सरकारले मंसिर महिनाभित्रमा अन्तिम अर्थात तेश्रो किस्ताको रकम झिकिसक्नु पर्ने बाध्यकारी सूचना जारी गरेको भएपनि पिडितहरुले उक्त सुचनालाई पनि गंभिरताका साथ नलिएको र त्यस्तै पहिलो – दोश्रो किस्ताको रकम लगेर घर निर्माणको काम सम्पन्न नगर्नेहरुको संख्या ६ हजार २ सय ८५ रहेको अर्यालले बताउनु भयो ।
त्यस्तै केहि पिडितहरुले ३ लाख अनुदान रकमले घर बनाउन संभव नभएको भन्दै निर्माण कार्यलाई अगाडि बढाएका छैनन् । लकडाउनमा ढुवानी समस्या, कामदार अभाव जस्ता कारण पुनर्निमाणको काममा ढिलाई भएको आयोजना कार्यालय रामेछापले जनाएको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार १८:५१




















