स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित, ओली-दाहालबीच बालुवाटारमा छलफल जारी
वि.सं.२०७७ साउन २ शुक्रवार १३:४८
1.2K
shares
काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा आज ११ बजे बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक ३ बजे सम्मका लागि स्थगित भएको छ।
स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबिच भेट हुने सहमति भएअनुसार अहिले बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको बालुवाटार श्रोतले जानकारि दिएको छ ।
बिहीबार प्रधानमन्त्री ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच अन्य विषयमा सहमति हुन नसके पनि स्थायी समिति बैठक नरोक्ने विषयमा सहमति भएको थियो।
वि.सं.२०७७ साउन २ शुक्रवार १३:४८




















