पछिल्लो २४ घन्टामा १६७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,३४४ पुग्यो
वि.सं.२०७७ साउन १ बिहीवार १७:४६
1.2K
shares
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ६७ जना सहित कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ जना पुगेको छ।
बिहीबार थप २ सय १३ जना सहित नेपालमा हालसम्म ११ हजार २ सय ४९ जना उपचारपछि निको भएका छन् भने हाल सम्म ३९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ साउन १ बिहीवार १७:४६




















