विदेशमा अलपत्र नेपाली श्रमिकलाई स्वदेश फर्काइने
वि.सं.२०७७ साउन १ बिहीवार १८:१७
1.1K
shares
काठमाडौं: कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित भएको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले उक्त कार्यविधि पारित भएसँगै कोरोनाका कारण विदेशमा अलपत्र परेका, वैदेशिक रोजगारीमा गएका, आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थामा रहेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरि स्वदेश फर्काउने बताए ।
वि.सं.२०७७ साउन १ बिहीवार १८:१७




















