ओली- दाहाल- नेपालबीचको छलफल बिना निष्कर्ष टुंगियो
वि.सं.२०७७ साउन १ बिहीवार १६:५४
1.2K
shares
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी पार्टीको आन्तरिक विवाद व्यवस्थापन गर्न बिहीबार अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ ।
साउन २ गतेसम्मलाई बैठक स्थगित गरेर एक्लाएक्लै छलफलमा बसेका ओली र दाहालबीच विषय वस्तुमा केन्द्रीत भएर छलफल भए पनि सहमतिमा पुग्न नसकेपछि वरिष्ठ नेता नेपाल सहित तीनै जना नेताहरु छलफलमा सहभागी भएका हुन् ।
बिहीबारको छलफलमा प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीको राजीनामालाई शर्तको रुपमा अगाडि सारेको र ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएसंगै सहमति हुन नसकेको स्रोतले बताएको छ ।
वि.सं.२०७७ साउन १ बिहीवार १६:५४




















