मुख्यमन्त्री र मन्त्रीहरु बीच कार्य सम्पादन सम्झौता: बागमती प्रदेश
वि.सं.२०७७ साउन १ बिहीवार १५:२०
1.8K
shares
काठमाडौं: बागमती प्रदेश सरकार २८ माघ ०७४ मा गठन भएको थियो । सरकार गठन भएको २९ महिनापछि मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ ।
साउन १ बाट नयाँ आर्थिक वर्ष ०७७/७८ सुरु भएसँगै सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले तर्जुमा गरिएको नीति तथा कार्यक्रम, योजना र बजेट कार्यान्वयनसँगै तोकिएको समय भित्र तोकिएका कामहरू तीव्रताका साथ गर्ने गरी कार्य सम्पादन सम्झौता गरिएको प्रमुख सचिव तोयम रायाले बताए ।
सम्झौता पत्रमा मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल र सामाजिक विकास मन्त्री युवराज दुलालले हस्ताक्षर गरि आदान-प्रदान गरिएको छ ।
यो नयाँ अभ्यासको थालनीसँगै नयाँ ढंगले काम अघि बढ्ने र प्रस्ट कामको प्रगति देखिने मुख्यमन्त्री पौडेलले बताए ।
वि.सं.२०७७ साउन १ बिहीवार १५:२०




















