प्रधानमन्त्री रोजगार कार्यक्रम: १ महिनाभित्र आवेदन दिनुपर्ने
वि.सं.२०७७ साउन १ बिहीवार १३:४८
1.2K
shares
काठमाडौं: चालु आर्थिक वर्ष २०७७/०७८ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुले १ महिनाभित्र आवेदन दिइसक्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
सरकारले चालु आवको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ लाख अति विपन्न बेरोजगार युवाहरुलाई न्यूनतम १०० दिनका रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको छ ।
सरकारले उक्त कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट छुट्याएको छ । कार्यक्रममा सहभागी हुन साउन ८ देखि भदौ ७ गतेसम्म रोजगार सेवा केन्द्रमा आवेदन दिइसक्नुपर्ने मन्त्रालयले जनाएको छ।
वि.सं.२०७७ साउन १ बिहीवार १३:४८




















