YouTube Link

सक्रिय मनसुनका कारण देशभर ३३ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता, सचेत रहन  जल तथा मौसम विभागको आग्रह

World Cup 2026
Facebook Link

 

काठमाडौं: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुनका  कारण देशभरका विभिन्न स्थानमा भारि वर्षासँगै बाढि र पहिरोको जोखिम बढेको छ ।

 

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारणले देशभरि ३३ जनाले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

 

सिन्धुपाल्चोकस्थित भोटेकोशी र याल्मो नदीमा रातभरको वर्षाका कारण आएको बाढी-पहिरोले बाह्रबिसे ५ जम्बुका २ जनाको मृत्यु भएको छ भने १६ जना बेपता भएका छन्।

 

यस्तै लमजुङको बेंसीशहर नगरपालिका-७ स्थित सातविसेमा घरमाथिबाट झरेको पहिरोका कारण ३३ वर्षीय दीपक तामाङसहित तीन जनाको मृत्यु भएको छ भने तीन जान घाइते भएका छन् ।

 

म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् ।

 

कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । यसैगरी पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ ।

 

रूकुम पश्चिमको आठबिसकोट- ३मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

 

वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गलिसकेको हुँदा केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेकोका कारण सचेत रहन  जल तथा मौसम विभागले आग्रह गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...