YouTube Link

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बस्दै

Facebook Link

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुटारमा बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राख्ने बताइएको छ ।

गत असार १० गते सुरु भएको बैठकमा विभिन्न समसामयिक विषयहरु छलफलका एजेण्डा छन् । कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, पार्टी एकताका बाँकी कामहरु, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, नागरिकता विधेयक लगायतका एजेण्डामा स्थायी कमिटी बैठकमा छलफल हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने आजको बैठक सीमा क्षेत्रमा देखिएको समस्या र समाधान बारेको छलफलमा केन्द्रित हुने बुझिएको छ । केही समयअघि नेपालले भारतसँग जोडिएका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि भारत असन्तुष्ट बनेको छ । यो विषयमा नेकपा स्थायी कमिटीको दोस्रो दिनको बैठकमा छलफल हुँदा कतिपय सदस्यले भारतलाई वार्ताका लागि आग्रह गर्नुपर्ने धारणा राखेका थिए भने कतिपय सदस्यले भारतसँगका विवादित सीमा क्षेत्रमा तारबार गर्नुपर्ने धारणा राखेका थिए ।

यही बीचमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरी नयाँ नक्सा जारी गरेपछि भारत असन्तुष्ट बनेको र सरकारबाटै हटाउने चलखेल गर्न लागेको अभिव्यक्ति दिएका छन् । उनको यस्तो अभिव्यक्तिपछि स्थायी कमिटी बैठकमा सीमाको विवाद झनै पेचिलो बन्ने अनुमान गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...