नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो
वि.सं.२०७७ असार १५ सोमवार १७:४०
1.2K
shares
काठमाडौं: पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
सोमबार काठमाडौं जिल्लामा ६, ललितपुर र भक्तपुर जिल्लामा १/१ जना गरि काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १२१ जना सहित ३१३४ जना निको भएर डिस्चार्ज भएका छन् भने २८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
वि.सं.२०७७ असार १५ सोमवार १७:४०




















