YouTube Link

सलहको प्रवेश भोकमरी र अनिकालको कारण बन्न सक्ने

World Cup 2026
Facebook Link

काठमाडौं: नेपालमा शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईका विभिन्न सीमाबाट सलह प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार दक्षिणतर्फबाट उत्तरतर्फ बगेको हावाको बेगले भारतको विहार राज्यको विभिन्न सीमाहुँदै सलह को बथान भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुर हुदै नेपालको प्रवेश गरेको जानकारि दिए ।

यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्काल सलह प्रवेश नगर्ने दावी गरेको थियो तर अहिले प्रवेश गरेसँगै प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बिज्ञ कर्मचारीहरुलाई उच्च गुणस्तरको क्यामेरा प्रयोग गरि सलहको टाउको, पेट, एन्टीना, आकार(प्रकारको फोटा सहितको विवरण पठाउन निर्देशन दिएको हुमागाईले जानकारी दिए ।

संयुक्त राष्ट्र संघ अन्तर्गत खाद्य तथा कृषि संगठन ९एफएओ० को अध्यन अनुसार सलह एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उडान भर्ने र आफ्नो गन्तव्यमा पुगेर और्लन्छ । एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोडको सँख्यामा हुने सलहको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक खान पुग्ने खाद्यान्न खाइदिन सक्ने जनाएको छ ।

सलहको बथान ९झुण्ड० अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको र अर्को बथान हिन्द महासागर हुँदै करिब एक महिनाअघि भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थान हुदै भारतमा प्रवेश गरेको र अहिले नेपाल प्रवेश गरेको सलहले सम्पूर्ण कृषि बालीको बोटविरुवा, बाली, फुल, डाँठ, डाँठको बोक्रा समेत खाइदिने भएकाले सलह प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको हुमागाईले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...