आजदेखि कोरियाली भाषा (इपिएस) परीक्षा आवेदन खुल्यो
वि.सं.२०७५ चैत ८ शुक्रवार ०९:३०
849
sharesकाठमाडौं: दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि आजदेखि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ८ र ९ अर्थात् जेठ २५ र २६ लाई तोकेको छ ।
परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ । फारम देशैभर अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ । इपिएस परीक्षाका लागि काठमाडौं र पोखरालाई परीक्षा केन्द्र तोकिएको छ ।
सन् २०१९ का लागि कोरियाले १० हजार ५० जना कामदार माग गरेको छ । जसमध्ये ७ हजार ५० जना निर्माण क्षेत्रमा र तीन हजार जना कृषितर्फ सिट निर्धारण गरिएको छ । सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो । कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारीस्तरमै कामदार लैजाने सम्झौता गरेको थियो ।
अहिलेसम्म ६० हजार भन्दा बढी युवा रोजगारीका लागि कोरिया गइसकेका छन् । सन् २०१८ मा भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ जना सहभागी भएकामा ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए । जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका थिए ।
वि.सं.२०७५ चैत ८ शुक्रवार ०९:३०