YouTube Link

पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कुवेतसँग नेपालको गोलरहित बराबरी

Khanepani Dhal
Facebook Link

काठमाडौं: पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतसँग बराबरी खेलेको छ । बिहिबार भएको खेलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको हो ।

अल साहबब मैदानमा घरेलु टोलीले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल हारबाट जोगिएको हो । कुवेतका कप्तान बाडेर अल मुतवाले खेलको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । डेब्यु खेलाडी अजित भण्डारीले बिपक्षि खेलाडीलाई डिबक्सभित्र गरेपछि पाएको पेनाल्टीमा कप्तान मुतवाले गोल गर्न सकेनन् । उनको प्रहार आकाशिएको थियो ।

यस्तै कुवेतलाई बराबरीमा रोक्न गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । कुवेतले पटक पटक गरेको आक्रमण किरणले उत्कृष्ट बचाऊ गरे । कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । मुख्य प्रशिक्षक योहान कालिनले पाँच युवा खेलाडीलाई मौका दिएका थिए । अजितसंगै बिमल राना, सन्तोष तामाङ, सुरज बिश्वकर्मा र रबी पासवानले नेपाली टोलीमा डेब्यु गरेका हुन् ।

कुवेतसँगको बराबरीसंगै मुख्य प्रशिक्षक कालिनको डेब्यु खेल सुखद नै बनेको छ । नेपालले गत महिना कालिनलाई नेपाली टोलीको जिम्मेवारी दिएको थियो । योसँगै नेपालले १९ बर्षपछि कुवेतसँग बराबरी खेल्न सफल भएको छ । फिफा वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ भने कुवेत १५८ औं स्थानमा रहेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

नेपालले हङकङसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले हङकङसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०८:२६

काठमाडौं: आइसिसी महिला टी-२० विश्वकप एसियाली क्षेत्रको छनोट प्रतियोगिता शुक्रबारदेखि...

त्रिवि क्रिकेट मैदानमा निर्माणको काम धमाधम हुँदै, फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुँदै

त्रिवि क्रिकेट मैदानमा निर्माणको काम धमाधम हुँदै, फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुँदै

वि.सं.२०८२ वैशाख २५ बिहीवार ११:०३

काठमाडौं: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको कामहरु...