बिहीबारदेखि आधा दिनसम्म सबै प्रकारका पसल खोल्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघको निर्णय
वि.सं.२०७७ जेठ २१ बुधवार २१:५८
1.3K
shares
काठमाडौं: काठमाडौंका व्यवसायीहरुले बिहीबारदेखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने निर्णय गरेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न लागिएको व्यवसायीहरुले बताएका छन् । कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरिएको र व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको पालना गर्ने एक विज्ञप्ती जारी गर्दै प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैबीच सरकारले लकडाउन खुकुलो बनाउने र मोडालिटी परिवर्तन गर्ने बताएसँगै मंगलबार र बुधबार राजधानीका सडकमा सवारी साधनहरु बाक्लै गुड्न थालिसकेका छन् ।
वि.सं.२०७७ जेठ २१ बुधवार २१:५८




















