नेपालको नयाँ नक्सा प्रमाणीकरण, सार्वजनिक गर्ने तयारी
वि.सं.२०७७ जेठ ७ बुधवार ११:११
1.4K
shares
काठमाडौं: नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण भएको छ । सोमबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको नेपालको नयाँ नक्सा मुख्य सचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरेसँगै आजै त्यसलाई सार्वजनिक गर्ने तयारी भएको छ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आजै सार्वजनिक गर्ने तयारी गरेको हो । नयाँ नक्सा अनुसार नेपालको कुल क्षेत्रफल साविकको भन्दा ३ सय ३५ वर्गकिलोमिटर थप भएको छ । उक्त भू-भागसँगै नक्सामा नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ ।
वि.सं.२०७७ जेठ ७ बुधवार ११:११



















