दलगत एकता देखाउन प्रधानमनन्त्री केपी शर्मा ओलीको निर्देशन
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १८:२३
1K
shares
काठमाडौं: नेकपाका सांसदहरुलाई संघीय संसदको बजेट अधिवेशनमा दलगत एकता र विषयगत एक रुपता देखाउन प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
पार्टीमा विवाद उत्कर्षमा पुगेका बेला उनले सांसदहरुलाई पत्र लेख्दै यस्तो निर्देशन दिएका हुन् । संसद अधिवेशन अघि संसदीय दलको बैठक कोरोना भाइरस संक्रमणको त्रासका कारण बस्न नसकेको बताउँदै उनले सक्रिय, समझदारीपूर्ण र एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका हुन् । पत्रमा भनिको छ, ‘संसदमा हाम्रो दलगत एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्युहरुले बुझ्नुभएकै छ ।’ नेकपा सांसदहरुले यसलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा फरक मत नराख्न निर्देशन दिइएको रुपमा बुझेका छन् ।
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १८:२३



















