सिंहदरबार मुलगेटमा चिनिया नागरिक र प्रहरीबीच झडप
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १८:२०
1.4K
shares
काठमाडौं: लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरबार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो ।
सिंहदरबार गेट अगाडि नेपालमा रहेका चिनियाँ नागरिकले प्रर्दशन गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत समेत केही चिनियाँ नागरिक घाइते भएका छन् । उनीहरुले भिषा थप गरिदिनु कि आफूहरु मुलुक फर्कन पाउनुपर्ने माग राखेका थिए ।
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १८:२०



















