ओलीको प्रस्ताव माधव नेपाललाई अस्वीकार्य
वि.सं.२०७७ वैशाख १९ शुक्रवार २२:११
1.2K
shares
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानमै नरहेको तेस्रो मर्यादामा रहनेगरी अध्यक्ष पद अस्वीकार गर्ने भएका छन् । पार्टीभित्रै घेराबन्दीमा परेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव नेपालले अस्वीकार गर्ने भएपछि नेकपाभित्रको आन्तरिक द्वन्द्व तत्काल मत्थर नहुने देखिएको छ ।
गत बुधबार बसेको सचिवालय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आश्चर्यजन करुपमा वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष र वामदेव गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि बैठक बिनानिर्णय टुंगिएको थियो ।
सचिवालय बैठक शनिबार बस्दैछ । ओलीले पार्टीको विधानमै नभएको तेस्रो अध्यक्ष बन्न गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गर्ने अडान लिएपछि नेकपाको आन्तरिक द्वन्द्व जहाँको त्यहीँ रहने देखिएको हो । नेपाल पक्षले ओलीको प्रस्ताव प्रधानमन्त्री पदमा रहिरहने र पार्टीलाई विधि र पद्धतिसंगतरुपमा नचलाउने चालबाजीका रुपमा लिएको देखिन्छ ।
वि.सं.२०७७ वैशाख १९ शुक्रवार २२:११



















