नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा एक अर्ब नौ करोड रुपैयाँ जम्मा
वि.सं.२०७६ चैत २१ शुक्रवार १०:३९
1.1K
shares
काठमाडौं: नेपाल सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार बिहीबार साँझ सम्ममा कोषमा एक अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको जनाएको छ ।
कोषमा बिहिबार मात्रै ८४ करोड करोड ५१ लाख ५० हजार १ सय २४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कोषमा नेपाल आयल निगमले ५० करोड र नेपाल दुरसञ्चार प्राधिकारणले १५ करोड रकम जम्मा गरेको छ । त्यस्तै कर्मचारी संचयकोष, नेपाल धितोपत्र बोर्ड र निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन–तीन करोड रुपैयाँ जम्मा गरेका छन ।
त्यस्तै नेपाल स्टक एक्चेन्जले ३ करोड ५१ लाख जम्मा गरेको छ भने नागरिक लगानीकोषको तर्फबाट २ करोड रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कोषमा नेपाल पुनर्वीमा कम्पनीले एक करोड १ लाख ११ हजार दिएको छ । एनएमबी बैंकले १ करोड, ५१ लाख, प्रभु बैंकले १ करोड एक लाख, नेपाल ईन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ जम्मा गरेको छ ।
वि.सं.२०७६ चैत २१ शुक्रवार १०:३९




















