YouTube Link

कोरोनाको आशंकामा देशभरका अस्पतालमा ८७ जना आइसोलेसनमा, निजी अस्पताललाई बिना शर्त कोरोना संक्रमितको उपचार गर्न सर्बोच्च अदालतको आदेश

Facebook Link

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको आशंकामा हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमणले नेपालमा पारेको असरबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन मार्फत हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरिएको बताए ।

हालसम्म भएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको र एक जना निको भइसकेको प्रवक्ता देवकोटाले बताए । उनका अनुसार कोरोना संक्रमणको आशंकामा ८७ जना केन्द्र र प्रदेश अस्पतालहरुमा आइसोलेसनमा रहेका छन् । एक हजार ६० वटा टेष्ट गरेकोमा आइसोलनसमा रहेका टेकु अस्पतालमा १० जना र प्रदेशहरुमा ७७ जना गरी ८७ जना सम्भावित विरामीहरु आइसोलेसनमा भएको प्रवक्ता देवकोटाले बताए । प्रवक्ता देवकोटाले कोरोना संक्रमित भएर आइसोलेनमा भएका बिरामीको सम्पर्कमा रहेका ८० प्रतिशत व्यक्तिलाई सम्पर्कमा ल्याइसकेको पनि जानकारी दिए ।

निजी अस्पताललाई सर्बोच्च अदालतको आदेश

यसैबीच निजी अस्पतालले बिरामीको उपचार नै नगरी धमाधम फर्काइरहेको गुनासो आइरहेका बेला सर्बोच्च अदालतले विना शर्त बिरामीको उपचार गर्न आदेश दिएको छ । सर्बोच्चले मंगलबार अन्तरिम आदेश जारी गर्दै कुनै पनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै उपचारको व्यवस्था मिलाउन आदेश गरेको हो ।

सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल समेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो ।

निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आईसीयू कक्ष, भेन्टिलेटर लगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक, परिचारिका, एम्बुलेन्स चालक, सफाइ श्रमिक लगायतको सुरक्षाको यथोचित प्रवन्ध मिलाउनू, आदेशमा भनिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...