YouTube Link

हेर्नुहोस् आज २०८१ कात्तिक १ गते बिहीबार तपाईको राशिफल

World Cup 2026
Facebook Link

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च लागे पनि कम मात्र फाइदा हुनेछ। केही दाैडधुप तथा भ्रमण हुने समय छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई मनग्य लाभ हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। खानपानकाे आनन्द प्राप्त हुनेछ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम बन्नाले राम्रै लाभांश लिने अवसर प्राप्त हुनेछ। तर काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। नयाँ कामको प्रस्ताव आउनेछ। साँझतिर शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नाे प्रतिफल जोगाउन अलि चनाखो रहनुहोला।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश काममा केही उल्झन हुनेछ भने अरूको मुख ताक्नाले पछि परिनेछ। तापनि मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि फाइदै हुनेछ। आफ्नो क्षेत्रमा पद र प्रतिष्ठा प्राप्त गर्न सफल भइनेछ। साँझतिर रोकिएका काम बन्नाले स्थितिमा सुधार आउनेछ र विशेष लाभ हुनेछ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा केही अलमल देखिए पनि आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। सामाजिक काममा रुचि बढ्नेछ। चुनौतीहरू बिस्तारै हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चिताएको काम बिग्रनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। साँझतिर केही काम बन्नेछन्। शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। अतिथिका रूपमा सत्कारसमेत पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। तर मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते
जिम्मेवारी बढ्नाले लक्ष्यमा पुग्न समय लाग्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। काममा सोचेको फाइदा नउठे पनि प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। साँझतिर प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। काममा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिवेश उत्साहवर्द्धक रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। अध्ययनमा धेरै समय दिन नसकिएला। भेटघाट तथा लोकाचारका लागि अधिक समय बित्न सक्छ। कामका लागि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। साँझतिर पुरुषार्थी काम सम्पादन हुनेछ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। तर बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। साँझतिर साथीभाइमा असमझदारी बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। साँझतिर विवादास्पद जिम्मेवारी सुल्झाउन जुट्नुपर्ने हुन सक्छ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा राम्रो सुरुवात हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर लगनशीलताले संकल्प पूरा हुनेछ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...