YouTube Link

हेर्नुहोस् आज २०८० असोज ३० गते मंगलबार तपाईको राशिफल

Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। वादविवादबाट बच्ने उपाय अवलम्बन गर्नुहाेला। अपराह्नतिर स्वास्थ्य कमजोर हुने र काम राेकिने सम्भावना देखिन्छ। अर्थअभावले सताउनेछ। दाेहाेर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुन सक्छ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। स्वास्थ्य समस्या र शत्रुबाधा देखापर्ने हुँदा काम राेकिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। अपराह्नतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रमाइलाे यात्राकाे साइत पनि जुर्न सक्छ। मिहिनेतले उपलब्धि दिलाउनेछ।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा समय दिन नसकिएला। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। अपराह्नतिर स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनाे गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूकाे आक्षेप सहनुपर्ने हुन सक्छ। घरेलु समस्याले निराश तुल्याउनेछ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। देखेकाे विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्न सक्छ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपर्ला। सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्त टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बोलीको प्रभाव कमजाेर बन्नेछ र विवादास्पद काममा हातहाल्दा समस्या पर्न सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित कामबाट फाइदा हुनेछ। साँझतिर पेसा–व्यवसायमा लाभ उठाउन सकिनेछ। विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। ईर्ष्या गर्नेहरूबाट अलि सावधान रहनुपर्ला। अरूको भरपर्दा काम राेकिन सक्छ।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

बिहान समस्यायुक्त काममा जुट्नुपर्ने अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेतले फाइदा हुने काम गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। पेसा–व्यवसायमा पनि लाभ हुनेछ।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती समेत झेल्नुपर्ला। समय दिन नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ भने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। सानाे प्रयत्नले ऋणमोचन हुने सम्भावना छ। दिउँसाेतिर खर्चिलाे काम सुरु हुनेछ र धनसंग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। प्रयत्न गर्दा लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। समय र कामकाे तालमेल नहुँदा केही पछि परिनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। राेकिएकाे काम बन्नेछ भने पेसा–व्यवसायमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत परे पनि फाइदा कम मात्र हुनेछ। प्रतीक्षित नतिजा कमजाेर देखिएला। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अरूकाे फाइदाका लागि उपयाेग भइने समय रहेकाले सावधान रहनुहाेला। दिउँसाेदेखि स्थितिमा सुधार आउनुकाे साथै राेकिएकाे काम सम्पादन हुनेछ। भेटघाट र किनमेलमा रुचि बढ्नेछ। पेसा–व्यवसायमा पनि फाइदा उठाउन सकिनेछ। नयाँ काम प्रारम्भ हुनेछ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि मध्याह्नदेखि प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। तर अवसरका साथ केही चुनौतीसमेत देखापर्ने छन्। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...