हेर्नुहोस् तपाईको आज २०७८ असोज २१ गते बिहीबार तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ असोज २१ बिहीवार ०६:४४
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धन हानी , खर्च बढी हुन थाल्ने, गृह कलह, मानसिक तनाव, मान सम्मानमा कमी, शत्रु वृद्धि, कानुनी समस्यामा परिन सक्ने, कार्यहरुमा बाधा विलम्ब आउने वा गरेको काम सफल नहुने, रोगव्याधिले सताउने, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिति बन्नेछ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अन्न तथा वस्त्र लाभ हुने तथा शत्रुहरु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन तथा शैया सुख, आदर सत्कार, मान सम्मान यश प्राप्ति, कुटुम्ब, मित्र तथा सहकर्मीहरुसँग सुमधुर र फलदायी वार्तालाप हुने खालको दिन छ, कसै कसै लाई भने उपहार आदि प्राप्ति हुने तथा स्त्रि सहवासको पनि योग देखिएको छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चाहेको र आँटेको कामहरुमा आज विशेष गोपनियता कायम राख्नु पर्नेछ । प्रतिस्पर्धी र रिस गर्नेहरु सक्रिय हुने सम्भावना भएकोले आफनो कुनै पनि योजना र विचारहरु अरुलाई नसुनाउनु होला । आज कुटुम्ब, आफन्त वा नजिकको मान्छे आफूबाट टाढिन सक्ने सम्भावना पनि बनेको छ । अरुहरुले धेरै आशा र विश्वास देखाए पनि भर चाँही नपर्नु होला, धोखा हुन सक्छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भोग विलासमा समय बित्ने, रमाइलो बसिवियाँलो हुने वा मिठो खानपानमा सरीक भइने सम्भावना छ, स्थाई वस्तुहरुको प्राप्ति हुन सक्ने योग छ साथै गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ, आय वृद्धि को बाटो फेला पर्न सक्छ, नयाँ पद वा फरक जिम्मेवारी प्राप्तिको योग छ, प्रेमी जोडीहरुको लागि रमाइलो दिन छ, व्यापारी वर्गलाई दिन अनुकुल छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफनो क्षमता र अधिकारको पूर्ण सदुपयोग गर्नु भएको खन्डमा कुनै विशेष कार्य वा उद्देश्य पूरा हुने योग छ, पारिवारिक खुशी पाइने, पत्नि र सन्तानहरुबाट खुशी प्राप्त हुन सक्ने वा उनीहरुले माया गर्न सक्ने छन् । स्वास्थ्य राम्रो रहने, राज्य संयत्र वा उच्च अधिकारीहरुबाट सहयोग पाइने । कसै कसैलाई धार्मिक, आध्यात्मिक वा फरक विषयतर्फ रुचि बढनेछ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफनो बोलिले अरुको सम्मान गरिदिनु पर्ने वा अरुको भावना र मनलाई तँपाइले बुझिदिनु जरुरी छ । सामाजिक तथा परोपकारी कार्यहरुको लागि भने दिन राम्रो रहन सक्छ । थकान वा कमजोरीले सताउन सक्ने भएकोले स्वास्थ्यको भने विशेष ध्यान दिनु पर्नेछ । भीडभाड तथा जमघटमा सहभागी नहुनु होला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन हानी वा धनको दुरुपयोग बाट जोगिनु होला , शारिरिक पीडा, अपमान, मित्र घात, कार्यमा बिध्नबाधा, कष्टदायी भ्रमण को सम्भावना छ, आफन्त वा नजिककाहरुसँग कलह तथा मनमुटावको अवस्था नआउला भन्न सकिँदैन, कुनै अवान्छित प्रसंगमा मुछिने वा अरुको षडयन्त्रको शिकार हुनुपर्ने अवस्था भएकोले गुप्त शत्रुबाट सावधान रहनुहोला ।
पूजा, अनुष्ठान वा अध्यात्ममा रुचि बढने, उत्तम निद्रा तथा विशेष परिकारजन्य भोजनमा रुचि जाग्ने, धनको वृद्धि, स्त्रिवर्गसँग प्रेम, दाम्पत्य सम्बन्ध सुमधुर बन्ने तथा वैवाहिक सुखको प्राप्तिको योग छ, भोग विलासिता साधन जुटने वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुन सक्ने सम्भावना छ । व्यापार व्यवसायमा साझेदारीको लागि राम्रो दिन छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहने छ , सुख सन्तोषको प्राप्ति, रिस गर्नेहरु माथि विजय प्राप्त हुने, प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा भने नियन्त्रण राख्नुहोला । घरायसी काममा व्यस्त हुनु पर्ने स्थिती पनि आउन सक्नेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै विशेष वस्तु वा चाहनाको हकमा धन को अभाव महसुस हुनेछ, स्वास्थ्यको विषयमा आज हेलचेक्रयाइ नगर्नु होला, वायुको प्रकोप लगायत अन्य कारणले स्वास्थ्य स्थिती खस्कन सक्छ, सावधान रहनु पर्नेछ । अनावश्यक सम्पर्क र बोलचाल र कुनै पनि कुराको आसक्तिबाट आज बच्नु पर्नेछ। झर्किने वा झोक्किने बानी छ भने आज बच्नु होला ।
खानपान तथा निद्रामा असुविधा हुन सक्छ, आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनुपर्ने हुन सक्छ, आज चित्त चन्चल रहने, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइने, आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुने, शारिरिक पिडा, कार्यहरुमा हानीको योग छ, शारिरिक अस्वस्थता वा कमजोरीले समस्या बल्झिन सक्छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थय स्थिती राम्रो रहने र दीर्घ रोगिहरुलाई निरोगिता प्राप्त हुने, रिस गर्नेहरु निस्तेज हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, मित्र तथा स्त्रिवर्गबाट सहयोग तथा सुख पाइने, कसै कसैलाई यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, दाम्पत्य सुख तथा प्रेम सम्बन्धको लागि समय राम्रो छ ।