हेर्नुहोस् तपाईको आज २०७८ असोज ७ गते बिहीबार तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ असोज ७ बिहीवार ०६:५८
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन अशान्त हुने, सोचेको आँटेको काममा विध्न बाधा व्यवधानहरु आउने । शत्रुले दुख दिन सक्ने वा मित्रहरुको व्यवहार शत्रुवत् बनिदिने, हरेक कार्यमा विलम्ब हुने तथा विध्न बाधाहरु तेर्सिने सम्भावना छ । बिना कारण अलमलिएर समय बित्न सक्छ । स्वास्थ्यमा समस्या आउने वा शारिरिक पीडा हुन सक्छ, सन्तानको तर्फबाट चिन्ता वा कष्ट पर्ने सम्भावना छ, विद्यार्थीहरुले भने पढाइमा बिशेष मेहनत गर्नुपर्नेछ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्तहरुसँग विवाद हुन सक्ने, धन वा स्थाई सम्पत्ति सम्बन्धि झमेला आउन सक्ने, मन अस्थिर रहने, मानसिक सन्ताप पर्ने, स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, बेसमयमा खाने र सुत्ने बानीले समस्या ल्याउन सक्छ, शारिरिक कष्ट वा छाती सम्बन्धि समस्या बल्झन सक्छ, , व्यवसायीक गतिरोधको सामना गर्नुपर्ने सम्भावना भएकोले लगानीलाइ आज समय अशुभ छ, आज कुनै पनि महँगो सामान वा सवारी साधन आदि खरीद नगर्दा राम्रो ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक एवम् राजकीय प्रतिष्ठा प्राप्ति हुने अथवा अरुले तँपाइको कदर वा प्रशंसा गर्ने योग छ, पारिवारिक तथा मित्र सुख, पत्नी तथा पुत्रहरुबाट पनि सुख प्राप्त हुनेछ शरिर र स्वास्थ्य उत्तम रहने, दाम्पत्य सुख, मित्र सुख, शत्रु बाधाबाट मुक्ति, वस्त्र लाभ अथवा विशेष रुचिकर भोजन प्राप्ति हुने, प्रयास गर्नु भएमा आज केही नयाँ सकारात्मक कुरा हुन सक्छ । यदि चिनामा सूर्य बलियो छ भने नयाँ जिम्मेवारी वा पदको प्राप्तिको सम्भावना छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवार वा अचल सम्पत्तिको लागि खर्च हुन सक्छ, पारिवारिक सुखमा कमि आउने, मित्र तथा बन्धुहरुसँग मनमुटाव हुन सक्छ । अपयशको भागि हुनु पर्ने, अरुले कदर नगर्ने, विवादित भइने वा भूmठो आरोप लाग्ने सम्भावना छ, आज कसैले धोका पनि दिन सक्ने सम्भावना भएकोले सचेत रहनु होला । शारिरिक चोटपटक, दुर्घटना आदिबाट सावधान रहनुपर्ने दिन छ, लगानीलाई समय प्रतिकूल छ । रोकिएका अडकिएका कामहरु पूरा हुने वा अगाडि बढन थाल्ने सम्भावना छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभ तथा मान सम्मानको प्राप्ति । कार्यमा सफलता । कतैबाट केही कुरा प्राप्त हुने वा कसैसँग भेट हुने । दिमागमा धेरै खालका विचारहरु आउने । उत्तम तथा मिष्ठान भोजन, वस्त्र लाभ, मान्यजनको वा मित्रको कृपा पाइने तथा बन्धुहरुबाट सुख मिल्ने, विद्यार्थीवर्गलाई समय राम्रो । प्रेमीहरुको लागि दिन शुभ रहनेछ। धनको अभाव महसूस भइ आर्थिक संकट आइपर्ने, आउनु पर्ने पैसा समयमै नआइदिने, हरेक कार्यमा विलम्ब हुने तथा विध्न बाधाहरु तेर्सिने सम्भावना छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारीक असमझदारी, मानसिक अशान्ति र छटपटि बढने । गरेका निर्णयहरु गलत हुन सक्ने, कसै कसैलाइ विवेकले काम नगर्ने हुन सक्छ । कानुनी समस्याहरुमा अल्मिनु पर्ने पनि हुन सक्छ । अनिद्रा, एलर्जी तथा मौसमी संक्रामक रोगहरुबाट बच्नु होला, आँखा, दाँत,मुख, अनुहारमा समस्या आउने वा त्यसले खर्च गराउन सक्छ । विद्यार्थीहरुको लागि भने समय राम्रो रहनेछ, विदेश जाने सम्बन्धि प्रयास गरिरहनु भएको छ भने दिन उत्तम छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चिताएको कुरा सम्पन्न हुने, शरिरमा जोश जाँगर बढने, मन प्रसन्न हुने खालका समाचारहरु आउन सक्छन् । अडकिएका कार्यहरुले गति लिनेछन् वा सफल हुनेछन् । मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा हुने । सन्तानको लागि खर्च हुन सक्ने, चाहेको लुगा कपडाहरु खरिद हुने अथवा परिकारजन्य विशेष खानपान हुने योग छ, कर्मचारी वर्ग अथवा आफूमूनि काम गर्नेहरुबाट सहयोग पाइने वा लाभ मिल्ने सम्भावना छ ।
नयाँ स्थान र नयाँ पद प्राप्त हुने सम्भावना बलियो छ । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने अवस्था पनि आउन सक्छ, कर्म क्षेत्रमा तँपाइको खुबिको कदर हुनेछ । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार आउन सक्ने योग छ । भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने खालको दिन रहनेछ । सन्तान पक्षबाट भने अलि चिन्तत हुनु पर्ला । विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा गरिएको प्रयास सफल हुनेछ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधिले सताउने योग छ । मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले विवाद नगर्नु होला । अचल सम्पत्ति बाहन आदि लिने योग छ तर आज टार्दा राम्रो । विदेश यात्रा, विदेश अध्ययन अथवा उच्च शिक्षा सम्बन्धि कार्यको लागि भने आजको दिन शुभ छ । छोटो दुरीको यात्रा को योग पनि आएको छ । पार्टनरशीप तथा व्यवसायमा समस्या आउन सक्नेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धन माल बिग्रने, चोरी हुने वा हराउने सम्भावना भएकोले सावधान रहनुहोला । पारिवारीक मmमेला बढन सक्ने, दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । लगानीको लागि आज समय राम्रो छैन । जागीर वा व्यवसायमा बाधा कष्ट आउन सक्ने सम्भावना छ। तर यदि चिनामा शुभ सूर्यको र बुधको दशा चलेको छ भने आरोग्यता प्राप्ति, सुख, शान्ति, लाभ, मान प्रतिष्ठा तथा पदोन्नति मिल्ने योग छ ।
सरकारी कामहरुमा बाधा अडचनहरु हटने, धन लाभ, वाहन सुख, वैवाहिक सुख, शत्रु पराजित हुनेछन, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ, वैवाहिक सुख, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास मनोरन्जन र स्त्री सहयोग प्राप्त हुने । व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ, पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ, वैदेशिक व्यवसाय, आयात निर्यात को लागि समय अनुकुल रहने छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा मामिला लगायत परिक्षा प्रतियोगीतामा विजय प्राप्ति, व्यापार व्यवसायमा लाभ, लगानीको लागि दिन राम्रो भएकोले निवेश गर्दा हुन्छ । सन्तान पक्षको विशेष ख्याल गर्नुहोला । बाहिरी महिलाहरुसँगको सम्पर्कबाट टाढै बस्दा राम्रो । कार्यस्थलमा सतर्कता अपनाउनु भएमा, क्रोध माथि नियन्त्रण गर्नु भएमा दिन शुभ रहनेछ । कसै कसैलाई भने अनादर, अपमान वा पराजयको भागी बन्नु पर्ने अवस्था आउँन सक्छ ।