हेर्नुहोस् तपाईको आज २०७८ भदौ १२ गते शनिबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ भदौ १२ शनिवार ०६:३६
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै काम गर्न मन लाग्ने वा गरेको कार्यमा सफल भइने सम्भावना छ । अस्वस्थ हुनुहून्छ भने स्वास्थयमा सुधार आउन थाल्नेछ, आज अरुले तँपाइलाई बुझनेछन वा तँपाइको कदर गर्नेछन् ,आर्थिक पक्षमा सुधार देखा पर्ने, आज कुनै भौतिक सामाग्री प्राप्तहुने वा खरीद हुने योग छ, नजिकका व्यक्तिहरुबाट सुख पाइने वा उनीहरुसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भाग्यले साथ नदिए जस्तो महसुस हुन सक्छ । बोलि बचन अलि रुखो वा कठोर हुन सक्ने, आत्मविश्वासमा कमी आउने, कामहरु नबन्ने वा ढिलो हुन सक्ने भएकोले मानसिक तनाव बढन सक्छ, धनको नोक्सानी, रोगव्याधि बाट बच्न प्रयास गर्नुहोला विशेष गरि घाँटीभन्दा माथि समस्या आउन् सम्भावना छ । खानपानमा समस्या बाट जोगिनुपर्ने तथा कुटुम्बहरु वा नजिककोसँग मनमुटाव हुने स्थिीति बाट बच्नु होला ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आफनो छवि देखाउने उत्तम अवसर प्राप्त हुन सक्छ, तँपाइको सुझाव र सल्लाह अरुले गम्भिर रुपमा लिन सक्छन्, आफन्त अथवा मित्रहरुसँग थाँती रहेका पुराना विवाद वा मुद्दाहरु समाधान गर्ने आज राम्रो दिन हो, नयाँ सम्बन्ध र सहमतिका उचाइहरु प्राप्त हुने योग पनि छ, प्रयास चाँही गर्नुहोला, व्यापार व्यवसाय वा कर्म क्षेत्रमा नयाँ सकारात्मक परिवर्तन हुन सक्ने सम्भावना आएको छ, समग्रमा दिन शुभ छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक खर्चमा नियन्त्रण गरेमा मानसिक तनावबाट बच्न सकिने छ । विरोधिहरुसँग भिडनु पर्ने अवस्था नआउला भन्न सकिन्न । आफनो दिन अनुकुल नभइन्जेल घमन्ड र जिद्दीगर्ने बानी छ भने त्याग्नु होला। कानूनी विषयहरुमा जानकारको राय लिनु भएमा सजिलो हुनेछ । विपरित लिंगी प्रतिको आकर्षणबाट जोगिने प्रयास गर्नुहोला । तुलनात्मक रुपमा विद्यार्थिहरुलाई दिन सहज रहनेछ । वैदेशिक कलेजमा भर्ना गर्ने कुरालाइ दिन शुभ छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएको फल पाउने बलियो सम्भावना छ । उत्तम खानपानमा रुचि बढन सक्ने वा प्राप्त हुने, मित्रसँग रमाइलो गरिने अथवा मित्रहरुको सहयोग पाइने, स्त्रि सुख, धन लाभ, आयमा वृद्धि । कर्म क्षेत्रमा जस पाइने अथवा अरुले कदर गर्ने, सरकारी काममा सफलता, सन्तानहरुबाट खुशी पाइने अथवा उनीहरुसम्बन्धि शुभ समाचार प्राप्त हुन सक्छ । बिग्रेको प्रेम सम्बन्धको लागि तथा दाम्पत्य जीवन सुमधुर बनाउन आजको दिन शुभ छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्यले साथ दिने खालको दिन छ, कर्मअनुसार इच्छित फल पाइने, आफूले मान्नु पर्नेहरुले मनग्गै साथ र सहयोग दिनेछन, पारिवारिक तथा घरायसी सुख पाइने । कर्म क्षेत्रमा नयाँ जिम्मेवारी वा थप कार्य बोझ लिनु पर्ने पनि अवस्था आउन सक्छ । कसै कसैलाई सार्वजनिक, राजनैतिक तथा सांगठनिक क्षेत्रमा नेतृत्व लिने अवसर पनि प्राप्त हुन सक्दछ । समग्रमा दिन शुभ रहनेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चाहिएको बेला ग्रहले साथ नदिन सक्छ, आफनो वा आफनो सन्तानको स्वास्थयको ख्याल गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । चोटपटक लाग्न सक्ने भएकोले सचेत रहनु होला । चिन्ता, विवाद र झगडा आदि बाट भने आज बच्नु पर्नेछ । कसै कसैलाइ सरकारी झंझट र बाधा हुने वा कानूनी कुरामा अलमलिनु पर्ने हुन सक्छ, व्यापार व्यवसाय तथा लगानीको लागिे आज दिन राम्रो छैन ।
स्वास्थ्यको आज विशेष ध्यान दिनुहोला, निमोनिया, श्वास प्रश्वास, छातीसम्बन्धि पुरानो समस्या छ भने बेवास्ता नगर्नु होला ,समयमा खानपीन नमिल्नाले अप्ठयारो आउन सक्छ, स्वास्थ्य सम्बन्धि समस्याहरु देखिन सक्छ, सावधानी अपनाउनुहोला, भय, कष्ट, चिन्ता, कलह, धनहानी, शत्रुले घात लगाउने जस्ता अनिष्ट फल देखा पर्न सक्ने भएकोले सावधान रहनु होला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य सम्बन्धि समस्याहरु हटने, वाहन सुख, वैवाहिक सुख, मानसम्मान, स्वागत सत्कार तथा रमाइलो खानपानमा सरीक भइने, विद्यार्थी वर्गहरुलाइ परिक्षा प्रतियोगीतामा राम्रो हुने । व्यापार व्यवसायमा समय उत्तम छ । प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, कसै कसैलाई भोग विलास, मनोरन्जनमा र रति सुखमा सरीक गराउने योग छ । सन्तान पक्षको भने विशेष ख्याल गर्नुहोला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धन सम्बन्धि शुभ कुराहरु हुने, स्वास्थय उत्तम रहने, कार्य क्षेत्रमा सफलता, मानसिक तनावमा कमी आउने, विरोधिहरु पराजित हुने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । अनावश्यक खर्च बाट बच्नुपर्नेछ र व्यर्थमा अरुलाई अर्ती उपदेश तथा सल्लाह नदिनु भएमा राम्रो । विद्यार्थीहरुलाइ समय शुभ हुनेछ, तथा परिक्षा प्रतियोगीतामा विजय प्राप्ति को योग छ ।
धनको नोक्सानी या अनावश्यक खर्च बढन सक्छ, कसै कसैलाई स्वास्थयमा समस्या आउने अथवा सन्तानको तर्फबाट चिन्ता पर्ने योग देखिएको छ । यात्रा गर्दै हुनुहून्छ भने सावधानी अपनाउनु पर्नेछ, कार्यक्षेत्रमा आज अतिरिक्त मेहनत गर्नुपर्ने हुन सक्छ, अफिसमा रहँदा विशेष सावधानी अपनाउनु होला। प्रेम सम्बन्धमा असमझदारी बढन सक्ने वा कामुकतामा बृद्धि हुने सम्भावना छ, विद्यार्थीहरुको पढाइमा समस्या आउन सक्छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन अस्थिर रहने, अत्यधिक खर्च भइदिने, गृह कलह तथा आफन्तहरुसँग टाढिनु पर्ने अवस्था आउन सक्ने, सम्पत्ति तथा धन सम्बन्धि समस्या सिर्जना हुने सम्भावना छ, स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्नेछ, खानपानको गडबडी, अल्प निद्रा वा निदाउने समयमा गडबडी आउने, श्वासप्रश्वास सम्बन्धि गडबडी , छातीमा कष्ट, शारिरिक कमजोरी, धपेडी पर्ने योग छ । महिला वर्गबाट जोगिनु पर्नेछ, व्यवसायमा बाधा छ तथा लगानीलाइ समय प्रतिकुल छ ।