हेर्नुहोस् तपाईको आज २०७८ जेठ २६ गते बुधबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ जेठ २६ बुधवार ०६:१५
2.3K
shares
अखबार नेपाल
वि.सं.२०७८ जेठ २६ बुधवार
2.3K
shares
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यर्थको श्रम, अनावश्यक खर्च, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने । मनमा गलत विचारहरु आउने । आफन्त बन्धु बान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ । । मानहानी वा अपमान हुने सम्मको अवस्था नआउला भन्न सकिँदैन । नजिकका सँग हुने विवादले मन निराश हुने स्थिति आउन सक्छ । वाणी माथि नियन्त्रण राख्नु होला । स्वास्थ्यमा गडबडी आउन सक्छ । मित्रसँग विवाद हुने वा मित्रले धोका दिन सक्ने भएकोले सचेत रहनु पर्नेछ । शारिरिक पीडा, चोटपटक आदि बाट जोगिनु पर्ने दिन छ । सापटी वा लेनदेन हुन सक्ने अवस्था पनि आउन सक्छ । दाम्पन्य जीवन सोचजस्तो नभइदेला । प्रेम सम्बन्धको लागि समय ठीक छैन । लगानी र व्यवसायलाई आज दिन प्रतिकूल छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन लाभदायक छ । मनलाई स्थिर राखी कार्यलाई अगाडि बढाउनु भएमा भाग्यले साथ दिनेछ । सकारात्मक विचार र उत्साहले महत्वाकाँक्षी विचारहरु आउने छन् । शरीरमा जोश जाँगर, आरोग्य, साहस र स्फूर्ति बढने छ । लाभ तथा मान सम्मान प्राप्तिको संयोग पनि देखिएको छ । कार्यमा सफलता । कतैबाट उपहार वा नसोचेको वस्तु प्राप्त हुने, वस्त्र लाभ हुने वा मन परेको चिज खरीद हुने योग छ । रमाइलो जमघटको साथै उत्तम तथा मिष्ठान भोजनमा मन लोभिन सक्नेछ । मित्र तथा बन्धुहरुबाट सुख मिल्नेछ, विद्यार्थीवर्गलाई समय राम्रो छ । विवाह तथा प्रेम प्रसंगको लागि दिन शुभ रहनेछ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फुकि फुकिकन पाइला चाल्नु पर्ने खालको दिन बन्न सक्छ । मानसिक बेचैनी वा जोश जाँगरमा कुनै घटनाले कमी ल्याइदिने छ । एलर्जीजन्य मौसमी संक्रामक रोगहरुबाट जोगिनु पर्नेछ । निद्राको समस्या वा आँखा, मुख, अनुहारमा समस्याले सताउन सक्छ । कानूनी विवाद, मानहानी तथा चोटपटकको योग पनि चलेकोले सचेत रहनु पर्नेछ। । विद्यार्थीहरुको लागि भने समय राम्रो हुनेछ, अनलाइन पढाई, प्रतियोगिता परीक्षा आदिको लागि दिन उत्तम रहनेछ । कसै कसैलाई व्यापार व्यवसायमा ऋण लिनु पर्ने अवस्था सम्म आउन सक्छ । विदेश सँग सम्बन्धित कामहरुबाट लाभ लिन मिल्ने भएकोले आयात निर्यात लगायत नयाँ कामको थालनी गर्न सक्नुहुन्छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन उपलब्धिमूलक हुनेछ । आर्थिक लाभ हुने सम्भावना छ । विरोधिहरु पराजित हुने । मित्र भेटको सम्भावना वा मित्रहरु बाट फाइदा लिन सकिनेछ । उत्तम वस्त्र तथा भोजन प्राप्तिमा मन जानेछ । भोग विलासमा रुचि जाग्नेछ । नयाँ काम शुरु गर्ने समय आएको छ । एक भन्दा धेरै स्रोतहरुबाट धन आर्जन गरिने प्रयास हुनेछ । पुराना रोकिएका कार्यहरुले अगाडि बढनेछन् । गरेका कार्यको उपलब्धिले मान कदर प्रशंसा पाइने सम्भावना बन्न सक्छ । सामाजिक गतिविधिमा व्यस्त हुुन पर्नेछ । प्रेम सम्बन्धमा सफलता । विद्यामा प्रगति । शारीरिक पीडा बढने भएकोले स्वास्थ्यको ख्याल राख्नुहोला । आज झगडा र विवादबाट टाढा बस्नुमानै उचित हुनेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय छ । ईच्छित फल पाउने । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने । कार्य क्षेत्रमा मानसम्मान, किर्ति यश प्राप्त हुने योग छ । तँपाइको खुबिले कार्य क्षेत्रमा हाकिमहरु खुशी हुने योग छ । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार आउने । सरकारी काम कारवाहीबाट थप हौसला प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा गरिएको प्रयासले सुख दिनेछ । भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने । सन्तान पक्षबाट भने अलि चिन्तत हुनु पनें समय छ । पारिवारिक झमेला र विवादबाट भने टाढै रहनु होला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मेहनत गरे अनुसार फल प्राप्त नहुन सक्छ, कुनै कुराले मन बेचैन गराउने छ, मानसिक तनाव बढने, वादविवाद वा मनमुटाव भइदिने, धनको अनावश्यक क्षय वा संचितिमा कमी आउने, आज अरुबाट पिडा कष्ट प्राप्त हुने, परिस्थितीको विवशता महसुस हुनेछ, जागिरमा हुने हरुलाइ उच्चाधिकारीहरुबाट समस्या आउने वा अपमान हुने खालको अवस्था नआउला भन्न सकिँदैन, कसै कसैलाई पद तथा जिम्मेवारी हेरफेर हुने वा मुक्त सम्म हुने सम्मको अवस्था आउन सक्छ , आरोप, विवाद, कानूनी झमेला, सरकारी दन्ड जरिवाना जस्ता प्रतिकुलताहरु पनि आउन सक्छन् । स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरुलाई हलुका नलिनु होला । पेटसम्बन्धि कुनै पुरानो रोग छ भने विशेष सावधान हुनु पर्नेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन सोचे जस्तो नहुन सक्छ । मिmना मसिना कुराहरुले गर्दा मूख्य काम रोकिन सक्छ । अल्छीपना बढन सक्छ । आत्मबल बढाएर भयमुक्त भइ कार्यहरुलाई अगाडि बढाएमा दिन सहज हुनेछ । शारिरिक शिथिलता बढने भएकोले स्वास्थ्य स्थितिलाई हेलचेक्रयाइ नगर्नु होला । गरेका कामहरुमा शुरुमा सन्तोषजनक परिणाम नआउन सक्ला । हडबडी गर्नाले कामहरु बिग्रन सक्छ । काममा चुनौति देखा परेपनि धैर्यताका साथ अगाडि बढनुमा नै श्रेयस्कर हुन्छ । नजिकका आफन्तहरु टाढिन सक्छन् । आफूले बोलेको अरुले उल्टो बुमिmदिनाले समस्या उत्पन्न हुन सक्छ । तसर्थ वाणीमा लगाम लगाउनु होला । विद्यार्थीहरुलाई दिन सामान्य छ ।
दिन उत्साह र जाँगरले भरिपूर्ण हुनेछ । साथीभाइ तथा शुभचिन्तकहरुको साथ र सहयोग पाइनेछ । मेहनत र लगनशीलताले उपलब्धी र लाभ दिलाउने छ । जीवन शैलीमा अथवा साझेदारी कार्यमा केही नयाँ फरक सोच आउने वा परिवर्तन गर्न मन लाग्न सक्छ । मित्रताका नयाँ आयाम थपिने वा अझ प्रगाढ हुने अवस्था छ । आफनो योग्यता र क्षमतालाइ अरुले कदर गर्नेछन । विशेष उपहार प्राप्त हुने अथवा नसोचेको खुशी पाइने सम्भावना पनि छ । नयाँ कुराको अध्ययनको साथै सन्तानहरुसँग समय बिताउनको लागि पनि दिन अनुकुल बन्नेछ । कसै कसैको भने मनमा धेरै कुरा खेल्ने, एक प्रकारको भयले सताउने, मनमा शंका उपशंका आउन सक्ने भएकोले सावधान रहनु होला । स्वास्थ्यको गडबडी हुन नदिन खानपानमा विशेष सचेत हुनुपर्ने दिन छ । आँट र आत्मबलले नै आजको मूल उपाय हो ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय अनुकुल हुनेछ । विरोधीहरु किनारा लाग्नेछन् । आज हुने कुनै पनि प्रतिस्पर्धा वा प्रतियोगिताहरुमा सफलता हात लाग्नेछ । आफूले राम्रो गर्दा गर्दै पनि जस नपाइन सक्छ । धन लाभ लिन तथा भौतिक साधन जुटाउनको लागि दिन शुभ छ । परिस्थितीसँग सम्झौता गर्नु पर्ने अवस्था पनि आउन सक्छ । विवाद झमेला आदिहरुमा फाइदा हुने खालको दिन रहने छ । रिन लाभ हुने वा दिएको रकम फिर्ता आउन सक्छ । कामको चापबाट केही फुर्सद पाइने छ । घर बाहीर घुम्न वा यात्रा गर्न मन लाग्न सक्छ ,तर हाललाई स्थगित गरिदिनु भएमा राम्रो । बन्द व्यापार व्यवसायमो लाभ पाइने छ। विद्यार्थीहरुका लागि दिन राम्रो छ । प्रेमीहरुको लागि पनि दिन शुभ रहने छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन आफूले सोचेजस्तो नहुन सक्छ । चुनौतिहरुले बाट छेक्नेछन् । काम गर्दा निकै होश पुरयाउनु पर्नेछ । ज्यादा नआत्तिकन र नडराइकन अगाडि बढनु पर्ने खालको दिन छ । लक्ष्यलाई पछ्याउन बुद्धिको निकै प्रयोग गर्नु पर्नेछ । कामहरुमा अवरोध आउने वा बिचैमा छोडनु पर्ने पनि हुन सक्छ । तँपाइको अधिकार क्षेत्रमा अरुले कब्जा जमाउन सक्नेछन । गुप्त शत्रुहरु बढने समय भएकोले सचेत रहनु होला । सन्तानको लागि केही खर्चहरु हुन सक्छन् । स्वास्थ्यको विशेष ख्याल गर्नु पर्ने हुनसक्छ । बोलीलाई नियन्त्रणमा राख्दै मनबाट डरलाई हटाउन सक्नु भएमा दिन सहज बन्नेछ ।
दिन अनुकुल नहुन सक्छ । अरुलाई धेरै छिटो विश्वास नगर्नुहोला ।। कर्मको मूल्याकंन गर्ने बेला चलेको छ । हडबडीले कामहरु बिग्रने सम्भावना भएकोले कुनै कुरामा पनि हतार नगर्नुहोला । कुनै पनि नयाँ कार्यको लागि पर्ख र हेरको स्थिती छ । आफनो व्यवहारले अरुको मन जित्न सफल भइने छ । वैदेशिक व्यापार वा अन्य विदेशसँग सम्बन्धित कार्यको लागि दिन लाभदायक बन्न सक्छ । बोल्दा होश गर्नुपर्नेछ नत्र अप्ठयारोमा परिने छ । नसोचिकन अरुलाई वचन दिने काम नगर्नु होला । व्यावसायीक सामmेदार सँग समस्या उत्पन्न हुन सक्छ । विद्यार्थीवर्गले होश पुरयाउनु पर्ने दिन छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन सोचजस्तै हुनेछ । आँट र जाँगर बढने छ , रिस गर्नेहरु किनारा लाग्नेछन् । ोकिएका कार्यहरु अगाडि बढाउन अथवा नयाँ योजनाहरु बनाउनलाई दिन राम्रो छ । नयाँ सोच पलाउनुको साथै नौलो नौलो कार्यहरु गर्न मन लाग्नेछ । थालेको कार्यहरुले शुभ परिणाम दिनेछन् । आफना नजिककाहरुसँग सहयोग लिनु होला । र घर परिवारका सदस्यहरुका बीचमा स्वादिष्ट भोजनमा सामेल भइनेछ । खर्चमा केही वृद्धि भए पनि विगतमा भएका गरिएका सफल उपलब्धिहरुको स्मरणले तँपाइलाइ हौसला प्रदान गर्नेछ । दाजु भाइ तथा मित्रहरुसँग सम्बन्ध सुधार्नलाई आज दिन शुभ रहनेछ । विद्यार्थीहरुको लागि समय उत्तम छ ।