YouTube Link

विश्वकप २०२२ को छनौट खेलमा समाहलिना नसक्दा अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकिएको छ

Facebook Link

एजेन्सीः फिफा विश्वकप २०२२ को छनौट खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरी रोकिएको छ ।

दक्षिण अमेरिकी छनौट खेल अन्तर्गत कोलम्बियाको घरेलु मैदानमा अर्जेन्टिनाले अग्रता लिएको थियो ।

अर्जेन्टिनाले शुरुवाती १० मिनेटमै दुई गोल गर्न सफल भएको थियो ।

खेलको तेस्रो मिनेटमा डिफेन्डर क्रिस्टियन रोमेरोको हेडर गोल मार्फत अर्जेन्टिनाको अग्रता दोब्बर बनाएको थियो ।

पीएसजीका मिडफिल्डर पारेडेसले निकोलस गोल्जालेजको पासमा अर्जेन्टिनाको लागि दोस्रो गोल गर्न सफल भएका थिए ।

पहिलो हाफमा अर्जेन्टिनाले खेलमा पकड राख्दै २–०गोलले अगाडि थियो ।

घरेलु टोली कोलम्बियाले दोस्रो हाफको ५१औं मिनेटमा गोल फर्कायो ।

लुविस मुरीयेलले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २–१ को स्थितिमा फर्काए ।

दोस्रो हाफमा प्रतिस्थापन भएर मैदान प्रवेश गरेका मिगेल बोर्जाले अतिरिक्त समयको चौथौं मिनेटमा हेडर गोल गर्दै कोलम्बियालाई २-२ को बराबरीमा पुर्याए ।

दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पुनः जितविहिन भएको हो ।

कोनमेबोल विश्वकप  २०२२ को छनौट अन्तर्गत अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

६ खेलमा ३ जित र ३ बराबरी खेलेको अर्जेन्टिनाको १२ अंक रहेको छ ।

त्यस्तै कोलम्बिया भने अंक तालिकाको ५औं स्थानमा रहेको छ ।

६ खेलमा समान २ जित, २ बराबरी र २ हार बेहोरेको कोलम्बियाको ८ अंक रहेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%E0%A4%B6%E0%A5%80%E0%A4%B0%E0%A5%8D%E0%A4%B7-%E0%A4%9C%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%AD%E0%A4%BE%E0%A4%87%E0%A4%B0%E0%A5%8B%E0%A4%B2%E0%A4%9C%E0%A4%BF%E0%A4%B7%E0%A5%8D%E0%A4%9F

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...