नेपाललाई भारतले निःशुल्क कोरोना खोप दिने
वि.सं.२०७७ माघ ६ मंगलवार १३:४२
1.7K
shares
काठमाडौं: भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोना भाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ ।
भारतीय केन्द्रिय स्वास्थ्य समितिले नेपाल र भुटानलाई उक्त परिमाणमा खोप निर्यात गर्ने निर्णय गरेको समाचार एजेन्सी मिन्टले जनाएको छ ।
बंगलादेशले भने २ करोड डोज खोप गिफ्टको रुपमा पाउने जनाइएको छ ।
भुटानी प्रधानमन्त्री लोते छिरिङले पनि भारतले आफ्नो देशलाई निःशुल्क खोप उपलब्ध गराउन लागेको ट्वीट गरेका छन् ।
भारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको छ ।
भारतले छिमेकी देशलाई १० मिलियन डोज खोप वितरण गर्ने भएको छ । आउने साता यी परिमाणको डोजको आपूर्ति सुरु हुने समेत भारतले जनाएको छ ।
वि.सं.२०७७ माघ ६ मंगलवार १३:४२


















