आज उपलब्धि कम हुने खालको दिन छ, केहि पारिवारिक तथा घरेलु कुराहरु मै व्यस्त रहनुपर्ने अवस्था आउनसक्छ, थाँती रहेका कतिपय कुराहरुलाइ बेलैमा सम्पन्न गरेको खन्डमा मानसिक खिन्नताले सताउने छैन, खर्चमाथि नियन्त्रण राख्दै आलस्य वा थकानबाट जोगिनुपर्ने दिन छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स-साना उपलब्धिहरु प्राप्त हुने खालको दिन छ, उत्साहले मन प्रसन्न रहनेछ, विगतदेखि नै प्रयास गरिरहनुभएको छ भने नयाँ काम शुरु हुने अथवा नयाँ सम्बन्धहरु बन्ने योग छ । मिठो खानपान वा जमघटमा सामेल भइने योग छ, अति आवश्यक कार्यहरुमा तँपाइले केही बाधा आएको महसुस गर्नुहुनेछ तर पनि अरुलाइ दोष नदिइ आज शान्त भएर बस्नुभएमा दिन सुखद रहनेछ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन शुभ रहनेछ । अपठ्यारो परिस्थितीबाट मुक्त भइनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा समय राम्रो रहनेछ । स्वास्थय सुधारोन्मुख रहने, आँटेको काममा सफल भइने । भूमि, वाहन सुखको साथै पारिवारीक सुख तथा मित्र सुख प्राप्त हुने समय छ, नयाँ विचार र भावनालाई प्रस्तुत गर्नलाई आज दिन राम्रो छ । पढाइलेखाइलाइ पनि समय राम्रो छ । विद्यार्थीवर्गलाइ परिक्षा प्रतियोगितामा गरिएको प्रयासले सुख दिनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेलुकासम्ममा तनावले ग्रस्त बनाउनसक्छ, विवाद अथवा आरोप लाग्ने सम्भावना छ । कुटुम्ब अथवा नजिकको मान्छेसँग कष्ट वा मतभेद हुनसक्छ, पद प्रतिष्ठामा धक्का लाग्ने सम्भावना रहेकोले सचेत हुनुहोला, व्यापार व्यवसायमा साझेदार हसँगस्वार्थहरु बाझिनाले तथा आर्थिक विषयमा मतैक्यतान रहनाले दिन नरमाइलो रहनसक्छ, तसर्थ समय र परिस्थिीतीको सही विश्लेषण र सुझबुझ अपनाउनुभएमा दिन सुखद रहनेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तँपाइको भनाइ र गराइले वरिपरिका व्यक्तिहरुको चित्त दुख्नसक्दछ, अप्रत्यासित प्रतिकूल घटनाहरु हुने योग भएकोले सावधान रहनुहोला, मनमा केही कुराको डरले सताइरहने, पारिवारीक समस्या बल्झने, दुर्घटना वा चोट लाग्नसक्ने अथवा स्वास्थ्यमा समस्या आउनसक्छ, बनिसकेको काम विग्रने योग भएकोले सावधानी अपनाउनुहोला, धनमाल आदि नोक्सान हुने, सामनहरु बिग्रने वा हराउनसक्ने सम्भावना रहेकोले सचेतरहनुहोला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन राम्रो रहनेछ । धनलाभ, वाहनसुख, वैवाहिकसुख, आदर सत्कार र सम्मानको योग, उत्तम भोजन सुख, व्यापारिक फाइदा, व्यवसाय तथा कार्यालयमा रोकिएको कार्यहरु बन्नेछन । पार्टनरशीपमा व्यवसाय शुरुगर्नलाई राम्रो दिनछ, प्रेम तथा दाम्पत्यको क्षेत्रमा सुखद अवसर प्राप्तहुने र भोगविलासिताको साथै मनोरन्जनमा मन जानसक्छ, आफनो स्रोत, शक्ति र विद्धतालाइ सही कुरामा खर्च गनुभएको खन्डमा भविष्यमा ठूलो लाभ प्राप्त हुनेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन रमाइलो रहनेछ आँटेको काम पुग्ने, निरोगिता प्राप्ति तथा शत्रु बाधाहरु हटने, पारिवारिक, सामाजिक तथा आर्थिक पक्ष बलियो हुने, अध्ययन, अध्यापन तथा कर्मक्षेत्रमा सोचेको कुरा हुने सम्भावना छ, पहिलेदेखि प्रयास गरिरहनुभएको छ भने व्यापारव्यवसायीहरुलाइ ऋण प्राप्त हुने, कसैसँग कुनैपनि विवाद वा झमेला आदि छन्भने आज समाधान गर्नलाई राम्रो दिन छ, प्रयास गर्नुहोला ।
कुटुम्ब वा सहकर्मीहरुमाझ असमझदारी आउने सम्भावना छ, आयमा बाधा, शोक कष्ट पर्नसक्ने, मन अशान्तहुने, कार्यमा विध्न बाधा व्यवधानहरु आउनसक्नेछ । ईष्या गर्नेहरुले दुख दिनसक्ने, समय त्यतिकै अलमलमा बित्नसक्छ, यात्रा वा सवारीसाधन चलाउँदा ध्यानदिनुहोला, सन्तानको तर्फबाट चिन्ता पर्नसक्छ । विवादबाट भने आज टाढाबस्नुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय अनूकुल नहुनसक्छ, मानसिक तनावब ढनसक्ने, आर्थिकहानी, व्यवसायहानी, रोजगार तथा कर्मक्षेत्रमा गतिरोधको अवस्था आउनसक्छ, गरेका कामहरु सफल हुन निकै प्रयास गर्नुपर्ने देखिन्छ, आफन्तहरुसँग विवाद वा झमेला हुनसक्ने, मनस्थिर नरहने, स्वास्थ्यमा समस्या आउन सक्ने देखिएकोले सावधान रहनुहोला, लगानीलाइ समय अशुभ छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन राम्रो रहनेछ । कुनै नयाँकुराले मन प्रसन्नहुने, धनलाभ, कार्यमासफलता, वस्त्र तथा अन्य भौतिक सामाग्रीको खरिद वा लाभप्राप्ति, मानसम्मानमा वृद्धि, शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य जीवनमा सुख, मित्रसुख, विरोधीहरु पछाडि हटनेछन्, कर्मक्षेत्रमा सफलता पाइने, छोटो दुरीको भ्रमण हुनसक्ने । रोजगार नयाँ लगानी अथवा नयाँ व्यापारव्यवसायको शुरुवात गर्नको लागि दिन उत्तम छ ।
सचेत हुनुपर्नेछ । मानसिक असन्तोष बढने, व्यर्थको श्रम, अनावश्यक खर्च, धनहानी, कार्यमाबाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नुपर्ने । मनमा गलत विचारहरु आउने । आफन्त बन्धुबान्धवबिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, विश्वास गरेकाहरुले धोका दिनसक्नेछन्, शारिरिक पीडा, चोटपटक दुर्घटना आदिको योग रहेकोले सावधानी अपनाउनुहोला, व्यवसायमा बाधा आउछ, लगानीलाई समयप्रतिकूल छ, खानपानको गडबडीले स्वास्थ्य समस्या आउनसक्छ । दाम्पन्यजीवनमा र प्रेमसम्बन्धको लागि दिन ठीक छैन ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन राम्रो रहनेछ । भाग्यले साथ दिनेछ । धन तथा आर्थिक विषयमा सकारात्मक लाभ र प्राप्तिले तँपाइको मनोबलमा बृद्धि हुनेछ । आँटेको कार्यमा सफलता । कतैबाट वस्त्र, उपहार वा नसोचेको वस्तु प्राप्त हुने । उत्तम तथा मिष्ठान भोजनमा रमाइने । मित्र तथा बन्धुहरुबाट सुख मिल्ने, शत्रुहर पछाडि हटनेछन, सन्तान पक्षबाट सुख पाइने । रोग र ऋणबाट राहत प्राप्त हुनलाइ आज दिन राम्रो छ । अध्ययन अध्यापन तथा प्रेमप्रसंगको लागि दिन शुभरहनेछ ।